Shikhar Insurance

चैत ९ गतेदेखि सानिमा र रिलायन्स लाइफको एकिकृत कारोबार, चुक्ता पूँजी कति?

सिंहदरबार संवाददाता
२०७९ चैत्र ७, मंगलवार १२:४६
NIMB
Nabil Bank

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबार चैत ९ गतेदेखि सुरु हुने भएको छ । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी मर्जर भएपश्चात बन्ने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चैत्र ९ गतेदेखि एकिकृत कारोबार गर्ने लागेका हुन् ।

कम्पनीलाई बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल धितोपत्र बोर्डले मर्जरका लागि अन्तिम स्वीकृति दिईसकेका छन् । दुबै कम्पनीको चैत्र ५ गते सम्पन्न भएको एकीकृत मर्जर कमिटीको बैठकले चैत्र ९ गतेबाट एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै फागुन २९ गते कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंबाट गाभ्ने गाभिने कम्पनीको मर्जर हुने अन्तिम दिनसम्म कायम रहने सम्पुर्ण सम्पत्ति र दायित्वहरु नयाँ बन्ने कम्पनीले सानिमा रिलायन्स लाइफले सकार्ने गरी स्वीकृति पाएको थियो ।

त्यस अनुसार संयुक्त मर्जर समितिको चैत ५ गते बसेको बैठकले मर्जर पश्चात सानिना रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट रजिष्टर्ड तथा प्रधान कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरमा रहने निर्णय गरेको हो ।

यी दुबै कम्पनबीच १ः१ को स्वाप रेसियो हुने गरी मर्जरमा जाने समझदारी भएको थियो । मर्जपछि बन्ने कम्पनीको कूल चुक्ता पुँजी ४ अर्ब १० करोड पुग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्