Shikhar Insurance

विवाहपछि सफलता हासिल गरेका हिरोइनहरू

सिंहदरबार संवाददाता
२०७९ चैत्र ८, बुधबार ०७:१९
NIMB
Nabil Bank

काठमाडौँ । विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन् । यद्यपि केही भने विवाहपश्चात् आफूलाई अब्बल सावित गर्दै अभिनेत्रीका रूपमा उचाइमा समेत पुगेका छन् । ‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि फिल्ममा काम पाइँदैन भन्ने बुझाइलाई समेत ती अभिनेत्रीले गलत सावित गरेका छन् ।

सदाबहार अभिनेत्रीको परिचय बनाएकी करिश्मा मानन्धरले विवाहपश्चात् सफलता प्राप्त गरिन । ‘कस्तुरी’ चलचित्र सुटिङका क्रममा निर्माता विनोद मानन्धरसँग उनको विवाह भएको थियो । विसं २०४६ मा निर्माण भएको ‘सन्तान’ बाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री मानन्धर एक छोरीकी आमासमेत छिन् । यद्यपि विज्ञापन, म्युजिक भिडियोमा समेत उनको व्यस्तता उस्तै छ ।

Citizen Life
Kumar Bank
Nepal Life

विसं २०५२ मा निर्माण भएको ‘दाइजो’ मा छोटो भूमिकामा देखिएकी अभिनेत्री झरना थापा २०५५ सालमा पति सुनिलकुमार थापाले निर्माण गरेको चलचित्र ‘धर्मसङ्कट’बाट आफूलाई स्थापित गर्न सफल भइन । “मेरो चलचित्र यात्रामा ‘ए मेरो हजुर’को महत्त्व छ । यसमै अभिनय गरेपछि नयाँ उचाइ पाएँ । यही नाममार्फत निर्देशनमा समेत मेरो उदय भयो”, अभिनेत्री थापाले भनिन्, “आमा भएकै कारण दर्शक घट्ने वा चलचित्रमा काम नपाउने भएन । मैले छोरीलाई समय दिन सकिनँ भन्ने चाहिँ लाग्थ्यो ।” अभिनेत्री रेखा थापाले विवाहपश्चात् प्राप्त गरेको सफलता उदाहरणीय नै छ । सञ्चिता लुइँटेल, प्रियङ्का कार्की, केकी अधिकारी, वर्षा राउत, स्वस्तिमा खड्का, आँचल शर्मा विवाहपश्चात् अभिनयमा सक्रिय छन् ।

“विवाहपश्चात् झनै स्वतन्त्र महसुस हुन्छ । विवाह अगाडि घरबाट साथ भए पनि समाजको बुझाइमा फरक हुनेरहेछ । श्रीमानको साथले चलचित्रमा आफूलाई अगाडि बढाउन मद्दत गरिरहेको छ । म छोरी र बुहारीलाई सन्तुलन गरेर अभिनय यात्रामा छु”, अभिनेत्री शर्माले भनिन् । उनले अभिनय गरेको ‘झिङ्गेदाउ’ यस वर्षको सुपरहिट भइसकेको छ भने ‘नाइ नभन्नु ल’ को छैटौँ शृङ्खला आउँदो वर्षको पहिलो दिन वैशाख १ मा प्रदर्शन हुँदैछ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्