Shikhar Insurance

अब बैंकहरुले डलर सञ्चितिको विवरण दैनिक बुझाउनुपर्ने, विदेशी मुद्राबारे आए नयाँ व्यवस्था

सिंहदरबार संवाददाता
२०७९ चैत्र ८, बुधबार १८:२०
NIMB
Nabil Bank

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले आफुसँग रहेको डलर सञ्चितिको विवरण हरेक दिन बुझाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा गर्दै बैंक तथा वित्तिय संस्थाहरुले हरेक अघिल्लो दिनसम्म रहेको विदेशी मुद्राको सञ्चिति सम्बन्धी विवरण भोली पल्टै बुझाउनुपर्ने व्यवस्था गरिदिएको हो ।
यस अघि हरेक तीन दिनमा बैंक तथा वित्तिय संस्थाहरुले डलरको विवरण राष्ट्र बैैंकमा बुझाउनुपर्ने व्यवस्था थियो । राष्ट्र बैंकले मनिचेञ्जरहरुका लागि केहि सहुलियतको व्यवस्था अघि सारेको छ ।

अब मनिचेञ्जरहरुले नेपाली नागरिकसँग अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको खरिद कारोबार गर्न सक्नेछन् । त्यस्तै, नेपाली नागरिकसँग भा.रु. खरिद कारोबार गर्न सक्नेछ । तर, अमेरिकी डलर ५,००० बराबरभन्दा बढी नगद भा.रु. खरिद कारोबार गर्दा भन्सार स्वघोषणा समेत अनिवार्य हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

विदेश जाने नेपाली नागरिकहरुलाई मनिचेञ्जरहरुले २ सय डलरसम्म सटही सुबिधा दिन सक्नेछन् भने भारत जानेहरुलाई २५ हजार भारुसम्म सटही गरिदिन सक्नेछन् । विप्रेषण वापत प्राप्त १० लाख भन्दा बढी रकम वा संकास्पद कारोबारको विवरण वित्तिय जानकारी इकाईमा तत्काल उपलब्ध गराउनुपर्ने व्यवस्था भने राष्ट्र बैंकले हटाईदिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्