Shikhar Insurance

२०८० सालमा बैंकका कर्मचारीलाई कति दिन छ बिदा ? राष्ट्र बैंकले तोक्यो(सूचिसहित)

सिंहदरबार संवाददाता
२०७९ चैत्र ९, बिहीबार १६:११
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुका लागि बिदाको सूचि तय गरेको छ । दशैं, तिहार, छठ, तिज, बिभिन्न प्रकारका ल्होसार, फागु, नयाँ वर्ष, क्रिसमस लगायतका बिदाहरु तोकिएका छन् । राष्ट्र बैंकले केहि चाडबाडहरुमा सम्पूर्ण कर्मचारीलाई बिदा दिने भनेको छ । केहि पर्वहरुका हकमा सिमित अवधीका लागि सिमित बैंकिङ सेवा उपलब्ध गराउने भनेको छ । केहि बिदामा पनि सम्बन्धीत जाति वा क्षेत्र विशेषका कर्मचारीले मात्रै बिदा पाउनेछन् ।

२०८० साल बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म कायम गरेको छ । त्यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिदिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकिङ कारोबार भने २०८० साल बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कायम गरेको छ । त्यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म तोकिदिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्