Shikhar Insurance

चन्द्र ढकाललाई २४ घण्टा नबित्दै अर्काे झट्का, निफ्रापछि ग्लोबल आइएमई पनि छाड्नुपर्ने

सिंहदरबार संवाददाता
२०७९ चैत्र ९, बिहीबार १६:५९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)बाट बाहिरिएको २४ घण्टा नपुग्ने व्यवसायी चन्द्र ढकाललाई अर्काे झट्का लागेको छ । नेपाल राष्ट्र बैंकले विदेशी बिनियम विभागले एकिकृत निर्देशनलाई संसोधन गर्दै चन्द्र ढकालले ग्लोबल आइएमई बैंक वा आइएमईमध्ये एक संस्था छाड्नुपर्ने व्यवस्था गरिदिएको हो ।

यस अघि ढकाल स्वार्थ बाझिने गरि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ग्लोबल आइएमई बैंक र निफ्राको सञ्चालक समितिमा थिए । दुईमध्ये एक संस्थाबाट राजीनामा गर्न नेपाल राष्ट्र बैंकले मौखिक निर्देशन दिएपछि ढकालले कार्य व्यवस्थताको बाध्यता बताउँदै निफ्राको सञ्चालक समितिबाट राजीनामा गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

निफ्रा छाडेको २४ घण्टा नपुग्दै राष्ट्र बैंकले अर्काे नयाँ व्यवस्था अघि सारेर ढकाललाई ग्लोबल आइएमई बैंक वा आइएमईमध्ये एक संस्थाको सञ्चालक समिति छाड्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको हो । ढकाल हाल ग्लोबल आइएमई बैंकको अध्यक्ष छन् । उनी आइएमई लिमिटेडको पनि अध्यक्ष छन् । दुबै संस्थालाई नेपाल राष्ट्र बैंकले लाइसेन्स दिएको हो ।

‘यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थामा सञ्चालक/पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक यस बैंकबाट इजाजतपत्रप्राप्त मनिचेञ्जर र वा विप्रेषण कम्पनीमा सञ्चालक/पदाधिकारी पदमा बहाल रहन पाउने छैन । साथै, यस बैंकबाट इजाजतपत्रप्राप्त मनिचेञ्जर/विप्रेषण कम्पनीको सञ्चालक/पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक अन्य मनिचेञ्जर र वा विप्रेषण कम्पनीमा सञ्चालक/पदाधिकारी पदमा बहाल रहन पाउने छैन ।’, नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले जारी गरेको नयाँ नियममा भनिएको छ ।

अब ढकालले २०८० असोज मसान्त अवधीमा ग्लोबल आइएमई बैंक र आइएमईमध्ये एक संस्थाको मात्रै सञ्चालक पद रोज्नुपर्नेछ ।

 

स्वार्थ बाँझिने गरी निफ्रा र ग्लोबल आइएमई बैंकको बोर्डमा चन्द्र ढकाल, हटाउने तयारीमा राष्ट्र बैंक

राष्ट्र बैंकको निर्देशनपछि निफ्राबाट चन्द्र ढकालले दिए राजीनामा

 

GBIME

प्रतिक्रिया दिनुहोस्