अर्काे एउटा स्टक एक्सचेञ्ज अनिवार्य देखियो

नेपाल धितोपत्र बोर्डका अध्यक्ष हुन्, भीष्मराज ढुंगाना । २०७६ पुस २१ गते उनलाई सरकारले बोर्ड अध्यक्ष नियुक्त गरेको थियो । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका ढुंगानाले ‘नियमन कस्तो हुन्छ ? देखाउँछु’ भन्दै आएका थिए । उनले पुँजी बजारको नियमनसँगै दिगो विकासलाई उत्तिकै महत्वका साथ अघि बढाएको बताईरहेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र वेलायतबाट बिजनेश फाइनान्समा एमबीए अध्ययन गरेका ढुंगानासँग सिंहदरबारले पुँजी बजारको वर्तमान अवस्था र सम्भावित परिदृश्यका बारेमा कुराकानी गरेको छ । ढुंगनाले व्यक्त गरेका धारणाहरुको संक्षेप –यतिबेला मुलुकको अर्थतन्त्रलाई चलायमान बनाएकै पुँजी बजारले हो । –पुँजी बजारलाई वृहत बनाउनुपर्छ तर संस्थागत रुपले वृहत बनाउने हो । –बैंकलाई ब्रोकर लाइसेन्स दिने भनिएको छ, बैंकको आफ्नै काम छ, त्यहि काम पनि राम्रोसँग गर्न सकिरहेको छैन, फेरी नयाँ लोड कति दिने हो ? –अहिलेको अवस्थालाई हेर्दा एउटा नयाँ स्टक एक्सचेञ्ज चाहिने देखिएको छ । –टी प्लस जिरो बनाएर ‘इन्ट्रा डे’ कारोबार गर्ने अवस्था बन्छ । –एनआरएनलाई पुँजी बजारमा भित्र्याउने हो तर ‘रिप्याट्रियसन’मा समस्या छ, बाह्य विशेषज्ञ मार्फत अध्ययन भैरहेको छ । –मान्छेले थाहै नपाई खाता खोल्ने, कारोबार गर्ने काम भैरहेको गुनासो आईरहेको छ, हामी हेर्छाै । –कमोडीटी एक्सचेञ्जलाई लाइसेन्स दिन्छौं । त्यसको पुरै सर्कल तयार गरिनुपर्छ ।