Shikhar Insurance

महासंघ चुनावमा माहोल तातेन, आर्थिक मन्दी कि ‘शक्तिशालीहरुको मौनता’

सिंहदरबार संवाददाता
२०७९ चैत्र १३, सोमबार १०:३६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योेग बाणिज्य महासंघको साधारण सभा चैत २८ र २९ गते हुँदैछ । आगामी कार्यकालका लागि अध्यक्ष(अहिलेका लागि बरिष्ठ उपाध्यक्ष)सहित नयाँ नेतृत्व छान्ने महासंघको साधारण सभामा ३ जनाले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् । अहिलेका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष बन्ने बिधानको व्यवस्था छ । ढकालपछि अध्यक्ष बन्नका लागि अहिले बरिष्ठ उपाध्यक्षको पदका लागि अहिलेका बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएट उपाध्यक्ष रामचन्द्र संघाई र पूर्व उपाध्यक्ष उमेश लाल श्रेष्ठले प्यानल तयार पारेका छन् ।

अञ्जनको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा अरुण समार्गी खडा हुँदैछन् भने वस्तुगत उपाध्यक्षमा मनिष लाल प्रधान मैदान उत्रिदैछन् । एसोसिएट उपाध्यक्षमा भने ज्योत्सना श्रेष्ठले प्रतिष्पर्धा गर्नेछिन् । उता, उमेश लाल श्रेष्ठको प्यानलबाट जिल्ला नगरमा वर्तमान उपाध्यक्ष दिनेश श्रेष्ठले नै उम्मेदवारी दिँदैछन् ।  वस्तुगत उपाध्यक्षमा भने हेमराज ढकाल मैदानमा आउँदैछन् । एसोसिएट उपाध्यक्षमा भने उमेशको टिमबाट भरत आचार्यले प्रतिष्पर्धा गर्दैछन् । उनले आनाकानी गरेमा गोपाल खनाललाई तयारी अवस्थामा राखिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एसोसिएट उपाध्यक्षको जिम्मेवारीमा रहेका रामचन्द्र संघाईले पनि आफ्नो टिम मोटामोटी तयार गरिसकेका छन् । मारवाडी समुदायको बिशेष ‘सिम्प्याथी’ रहेका भनिएका संघाईले एसिोसिएट उपाध्यक्षमा सन्दिप गाडिया(अग्रवाल), जिल्ला नगरमा सुरकृष्ण वैद्य र वस्तुगतम सकुन्तलाल हिराचनले उम्मेदवारी दिने तयारी छ ।

शक्तिशालीहरुको मौनताले तानेन माहोल
६ महिना अघिदेखि नै निर्वाचनले छुने व्यवसायीक क्षेत्रलाई यसपाली भने चुनाव आउन दुई साता मात्रै बाँकी रहँदा पनि तताउन सकेको छैन् । बिशेष गरि महासंघको निर्वाचनमा शक्तिशालीहरुले घोषित चासो नदेखाएकाले माहोल तात्न नसकेको बताइन्छ । महासंघको राजनीतिमा यतिबेला चैत २८ पछि स्वतः अध्यक्ष बन्दै गरेका चन्द्र ढकाल, अहिले अध्यक्षको जिम्मेवारीमा रहेका शेखर गोल्छा, पूर्व अध्यक्ष पशुपति मुरारकालाई शक्तिशाली मानिन्छ । महासंघ चुनावमा चलखेलको पयार्य मानिने पूर्व अध्यक्ष चण्डीराज ढकाल भने यसपाली पनि सुरुदेखि नै उमेश लाल श्रेष्ठलाई जिताउन लागिपरेका छन् । उनका सहोदर भाई हेमराज ढकालले उमेशकै टिमबाट वस्तुगत तर्फको उपाध्यक्षमा निर्वाचन लड्दैछन् ।

ढकाल, गोल्छा र मुरारकाले कुनै पनि टिम तफै स्पष्ट झुकाब नदेखाउँदा मतदाताहरु समेत खुल्न नसकेको बताइन्छ । उम्मेदवार बन्ने तयारीमै रहेका कतिपय व्यवसायीहरु पनि कुन टिमबाट उठ्ने भन्ने निर्णयमा अझै पुगिसकेका छैनन् ।
त्यसो त आर्थिक मन्दीले गर्दा व्यवसायीहरुको खर्च गर्ने क्षमता घटेकाले पनि यसपाली खासै चुनावी माहोल नबनेको एक कार्य समिति सदस्यले दावी गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्