Shikhar Insurance

‘पुँजी बजारमा सुनौलो दिन आउदैछ, संयमता अपनाउनुस’

सिंहदरबार संवाददाता
२०७९ चैत्र १५, बुधबार १७:१७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अब पुँजी बजारका लागि सुनौलो दिन आउने बताएका छन् । राजधानीमा लगानी कर्ता संघहरुले आयोजना गरेको कार्यक्रममा अध्यक्ष हमालले बजार सुधारका थुप्रै काम भैरहेकाले अब सुनौलो दिन आउने बताएका हुन् ।

अध्यक्ष हमालले अहिले सम्यमता अपनाउन लगानी कर्ताहरुलाई आग्रह पनि गरे । अहिले बजार यसरी घट्ने अनुमान नै नगरिएको पनि बताए । विश्व अर्थतन्त्रमा देखिएको मन्दिको प्रभाव नेपालको तरलतामा परेको र त्यसले पुँजी बजारमा पनि नकारात्मक असर देखिएको उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘बजार यसरी घट्छ भन्ने लागेकै थिएन, विश्वको प्रभाव आयो । अब बजारको सुनौलो दिन आउँदैछ, अहिले संयमता अपनाउनु होला । अहिले आत्तिनु भएन, राम्रो दिन आउँदैछ ।’ अध्यक्ष हमालले भने ।

उनले अघि भने–‘बजारमा पुरै चाप छ, पुँजी बजारमा पनि चाप छ । तरलताको चापले बजारमा पनि चाप पारेको हो । सरकारको पुँजी गत खर्च वृद्धि नहुँदा तरलता अभाव भयो र पुँजि बजार पनि प्रभावित बन्यो ।’

उनले बजारको स्थायित्वका लागि आफुले धेरै काम गरिरहेको पनि बताए । ‘बजारको स्थायित्व र बिकासका लागि हामी पुरै ध्यान दिएका छौ । कर कम गराउने प्रयासमा जारी छ, यसपालि कर कम गराउँछौ । त्यसले बजारको बिकास र राजस्व पनि वृद्धि हुन्छ।’ हमालले भने । उनले ब्रोकर कमिसन पनि समय संगै कम हुँदै जाने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्