Shikhar Insurance

बन्दिपुर केबलकारले २५ करोड ८० लाखको आईपीओ ल्याउने

सिंहदरबार संवाददाता
२०७९ चैत्र १५, बुधबार २०:०५
NIMB
Nabil Bank

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ) ल्याउने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरेको हो । कम्पनीले प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँ दरका २५ लाख ८० हजार कित्ताले हुने २५ करोड ८० लाखको आईपीओ जारी गर्न लागेको हो ।

आईपीओ निष्काशनका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट अध्यक्ष राम चन्द्र शर्माले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्