Shikhar Insurance

‘मेरो निडरता र इमारदारिता हेरेर मत दिनुस्, पैसाकै कारण चुनाव जितिन्छ भन्ने होइन’

सिंहदरबार संवाददाता
२०७९ चैत्र २७, सोमबार १९:४०
NIMB
Nabil Bank

नेकपाका संस्थापक महासचिव पुष्पलाल र बामपन्थी नेतृ सहाना प्रधानका छोरा हुन्, उमेश लाल श्रेष्ठ । आफ्नो राजनीतिक लिगेसी छाडेर अहिले उमेशलालको आफ्नै पहिचान छ, उद्यमी व्यवसायीको नेता । उनी निजी क्षेत्रको सर्वाधिक सञ्जाल रहेको नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्वका लागि निर्वाचनमा होमिएका छन् । तीन वर्षपछि स्वतः अध्यक्ष बन्ने गरि यसपाली प्यानलसहित बरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार छन् ।

राजनीतिक लिगेसी छाडेर व्यवसायीको मुद्धासहित चेम्बर आन्दोलनमा लागेका र अहिले चुनावी प्रतिष्पर्धामा रहेका उनै श्रेष्ठसँग सिंहदरबारले सोधेको छ, तपाईहरुको प्यानल बैंक बिरोधी हो ? उनै श्रेष्ठसँग सिंहदरबारले गरेको कुराकानी ।

Citizen Life
Kumar Bank
Nepal Life

जोडतोडले चुनाव लागेको छ ?
चुनाव त लाग्नै पर्यो नी । अब केहि घण्टा मात्रै त बाँकी छ ।

एउटा व्यवसायीलाई यस्ता संघ संगठनहरुको नेतृत्वमा पुगौं भन्ने चाँकी के कारणले लाग्ने रहेछ ?
तपाईहरुलाई आफ्नो मिडियालाई उत्कृष्ठ बनाऔं भन्ने लागे झै हामीलाई नेपालको अर्थतन्त्र राम्रो होस भन्ने लागेर नेतृत्वका लागि अघि सरेको हुँ । म जेमा लाग्छु, त्यसमा पुरै समर्पित हुन्छ । लघु, घरेलु तथा साना र मझौला उद्योगहरुको हितका लागि म नेतृत्वमा जान चाहेको हुँ ।

महासंघले सरकारसँग पोलिसी लभिङ गर्छ भन्ने मान्यता छ, त्यो पोलिसी लभिङमा पनि बिरोधाभाष रहेछ नी ?
म त्यहि बिरोधाभाष चिर्न महासंघको नेतृत्वमा जान चाहेको हुँ । विगत केहि कालदेखि महासंघमा पोलिसी लभिङ होइन की आफ्नो लभिङ भैरहेको थियो । सरकारहरुले पनि ‘क्रोनी क्यापिटालिजम’लाई बढावा दिईरहेको देखिन्छ । सत्ता र शक्तिमा रहेकाहरुका आसे पासेहरुले मात्रै लाभ लिने चलन आयो । लभिङ संसारमा जहाँ पनि हुन्छ तर आफ्ना लागि मात्रै हुन्न । क्रोनी क्यापिटालिजमले देशलाई ठिक गाउँमा पुर्याउँदैन भनेर नै म चुनावमा आएको हुँ । नत्र एकसे एक साथिहरु थिए, म घरमा आराम गरेर बस्न पनि सक्थे । तर सबै कुरा हेरेर बस्ने अवस्था रहेन् ।

उमेशलाल श्रेष्ठ नेतृत्वमा पुग्यो भने महासंघ बदलिन्छ ?
पक्कै पनि बदलिन्छ । लि क्वान युले सिंगापुर र महाथिरले मलेसिया बनाउन सक्छन् । मैले महासंघ सुधार्न किन नसक्ने र ?

तपाईका एजेण्डाहरु चाँही के के हुन् ? ति सत्य र वास्तविकता नजिक छन् भन्ने आधार के के हुन् ?
मेरा एजेण्डाहरु सामान्य छन् । मेरो पहिलो प्राथमिकता बैंक ब्याजदरको हो । किस्ता र ब्याजदरको समस्या समाधान गर्नुपर्छ । त्यसको समाधान आन्दोलनबाट हुन्न । हामी आन्दोलनकारी शक्ति होइनौं, कहिलेकाहीँ प्रदर्शन गर्न सकिएला । मैले पनि केहि समय प्रशर्दनमा भाग लिएकै हुँ । तर हामी आन्दोलनकारी शक्ति होइनौं । ब्याजदरको बिषय छलफलबाट समाधान गर्नुपर्छ भन्ने मेरो योजना हो ।

दोश्रो भनेको नेपालले कृषिलाई प्राथमिकता दिएको छैन् । सन २०२०/२१ मा ४ खर्बको कृषि वस्तु आयात भएको रहेछ । हामीले लघु, घरेलु, साना तथा मझौला उद्योगहरुलाई कृषिको आधुनिकीकरणसँग जोडेर विकास र विस्तार गर्नुपर्छ भन्ने हो ।

मेरो तेश्रो योजना चन्द्र ढकालको कार्यकाल सुरु भएपछि नै आरम्भ हुन्छ । त्यो भनेको पुराना ऐन कानुनहरुको संसोधन गरेर उद्यम व्यवसायी मैत्री बनाउनु हो । सरकारले उत्पादन मुलक उद्योगलाई बिशेष प्राथमिकता दिने गरि योजना र कानुन बनाउनु हो । खुला बजारमा बस्तु तथा सेवाहरुको आयातमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने मान्यता त म पनि राख्दिन् । तर विस्कुट लगायतका बस्तु नेपालमै पर्याप्त उत्पादन भैरहेका छन् भने केहि उपाय लगाएर आयात रोकिदिनुपर्छ भन्ने मेरो मान्यता हो ।

चुनावको मुखैमा उमेशलालले नेतृत्व गरेको टिम चाँही बैंक बिरोधी हो भन्ने प्रोफाइल बनिरहेको छ नी ?
नो, त्यस्तो हुँदै होइन् । म महासंघमा जाँदैछु, चन्द्र ढकालजीको टिमलाई सहयोग गर्न । उहाँ नेपालको सबै भन्दा ठूलो बैंकको बैंकर(लगानीकर्ता) हो । र मैले बैंक बिरोधी कुरा कहिल्यै गरेको छैन् । बैंकका केहि केहि कुराहरुको भने बिरोध गरेकै छु । मेरो मुख्य टार्गेट भनेको राष्ट्र बैंक हो । राष्ट्र बैंक सुतेर यो सबै समस्या भएको हो । बैंक, हामी(उद्यमी व्यवसायी) र जनता भनेको एक अर्काका परिपुरक हौं । बैंकहरुमा लगानीकर्ताहरुको पैसा त जम्मा ५ खर्ब अलि बढि त हो । बाँकी ५० खर्ब बढी पैसा त नेपाली नागरिकहरुको हो । नागरिकहरुले बैंकमा राखेको सानो सानो निक्षेपबाट जम्मा भएको पैसा हामी उद्यमी व्यवसायीले खपत गर्ने हो । अर्थात हामी त त्रिपक्षिय साँझेदार हौं ।

बैंकहरुको नाफामा मलाई कुनै समस्या छैन् । बैंकहरुले २५ प्रतिशत कमाउँदा पनि हामीलाई कुनै समस्या छैन् । अहिले हाम्रो भनाई भनेको आर्थिक मन्दि छ, मनि सर्कुलेट भएको छैन् । यस्तो बेलामा हामीलाई अप्ठेरो परेको छ । अहिलेलाई ब्याज पुँजीकरण गरौं, ऋण पुनर्तालिकीकरण गरौं । ३ महिना, ६ महिना गर्न सकिन्छ छ की एक वर्ष गर्न सकिन्छ वा उद्योग व्यवसायको अवस्था हेरेर गरौं । बदमासी गर्नेहरुलाई छुट दिनुपर्छ भन्ने पनि छैन् । तर अप्ठेरोमा सहयोग गर्नु पर्छ । हामीलाई बैंक नभई हुन्न, बैंकलाई हामी नभई हुन्न । हामीले शतप्रतिशत लगानी गरेर उद्योग व्यवसाय चलाउन सक्दैनौं । बैंकहरु पनि निक्षेप राखेर बसिरहन सक्दैनन् । त्यसकारण एक अर्काको दुःखमा सहयोगी बनौं भन्ने मात्रै हाम्रो कुरा हो ।

तपाईहरुको कुरा ब्याजदर भन्दा पनि ऋण पुँजीकरण र पुनर्तालिकीकरणमा हो ?
ब्याजदरमा भन्दा पनि त्यसमा प्रिमियम दर थपेको बिषयमा हाम्रा असहमति हो । प्रिमियम दर २ देखि ५ प्रतिशतसम्म छ । अरबौंको व्यापार गर्नेलाई २ प्रतिशत प्रिमियम छ, खुद्रा व्यापार गर्नेलाई ५ प्रतिशत असुल्न मिल्छ ? हामी त्यसैले कराएका हौं । ३ वर्ष अघि ६.३५ प्रतिशतमा ऋण दिए । हामीलाई राइट, लेफ्ट, सेन्टरबाट पनि ऋण दिए । हामीले पनि लियौं । त्यसपछि एसएमएस आयो, धमाधम ब्याजदर बढ्न थाल्यो । तर राष्ट्र बैंकले आँखा चिम्लिँदै गयो । मेरो बिरोध राष्ट्र बैंकसँग हो, बैंकले पैसा कमायो भनेर मलाई के को पिर ? बैंकले जति पैसा कमायो, त्यति हामीलाई सुबिधा दिन्छ । मैले पनि बैंकबाट अरब ऋण लिएको हुन सक्छु । मैले बैंकको बिरोध गर्नुपर्ने कारण नै के छ र ?
आर्थिक मन्दिका बेला सहुलियत चाहियो मात्रै भनेका हौं । म कसैको बिरोधी होइन, राष्ट्र बैंकको बिरोधी हुँ । राष्ट्र बैंकको गलत नीतिका कारण अहिलेको अवस्था आएको हो ।

चुनावमा नम्बरको कुरा आउँछ, त्यो नम्बरको हिसाब किताब चाँही कसरी गर्नु भएको छ ?
पब्लिकमै भनौं ? आईएम विनिङ, म जित्छु ।

कुन चरणमा ?
पहिलो ।

त्यसका सबै आधारहरु तयार भएका छन् ?
त्यति तयार नभईकन यति कन्फिडेन्टली बोल्दिन होला नी । म एक दमै कन्फिडेन्टका साथ भन्दै छु , म जित्छु । मेरो अनुहारमा कन्फिडेन्ट देख्नु भएको छैन् र ? म पहिलो चरणमै ५० प्रतिशत भन्दा बढी मत ल्याएर जित्छु ।

जिल्ला नगर र साना उद्यमीका एजेण्डाले सहज बनाएको हो ?
पक्कै पनि जिल्ला नगर र वस्तुगतका साथिहरुको एजेण्डा मेरो उच्च प्राथमिकतामा छन् । वस्तुगतका साथिहरुका समस्या, जिल्ला नगरका समस्या समाधान गर्नेछु । मेरो काम प्रतिको प्रतिवद्धता सबैलाई थाहा छ । बरिष्ठ अध्यक्ष बनेपछि घरमै बस्ने, कसैको फोन नउठाउने काम मबाट हुन्न ।

तीन वर्ष त तपाई कोर लिडरशिपबाट बाहिरै हुनुहुन्थ्यो नी ?
हो, म तीन वर्ष औपचारिक नेतृत्व भन्दा बाहिर थिएँ । तै पनि साथिहरुसँगै थिए । साथिहरुकै आग्रहमा म अघि सरेको हुँ ।

प्यानल अदल बदलका श्रृंखलाहरु जारी छन्, तपाईको टिमको अवस्था चाँही के हो नी ?
मेरो टिममा कुनै समस्या छैन् । मेरो पुरै टिम एकवद्ध छ । मसँग हरेक क्षेत्रमा पुरा टिम छ, कोहि कतै लाग्ने देखिन्न ।

चुनावमा पैसाको खेल हुन्छ भन्ने छ, उमेशलालले दिल खोलेर खर्च गर्दैन भन्छन् नी ?
मलाई गरिब भन्न खोज्नु भएको हो ?

गरिब त नभनौं तर दिल खोलेर खर्च गर्दैन भन्ने रैछ ?
मेरो दिल कत्रो ठूलो छ ? कसलाई के थाहा ? दिल त मेरो प्रतिष्पर्धीहरुको भन्दा धेरै ठूलो छ । तर जब पैसाको मामला आउँछ, ‘आइ एम भेरी केयरफुल’, बिकौज आइएम नट बिलिनियर । मनि सुड बी स्पेण्ड भेरी केयरफुल्ली । त्यो कुरा चाँही म मान्छु ।

अरे यार, पैसाले महासंघको अध्यक्ष जित्न लाग्यो भने महासंघ अध्यक्षलाई किन नमस्कार गर्ने ? कसैले पैसाले चुनाव जितिन्छ भन्ने सोच्छ भने यो महासंघमा हामी किन बस्ने ? तर पनि चुनावमा पैसा चाहिन्छ । साथिहरु जिल्ला जिल्लाबाट आउनु भएको छ, बस्नु पर्छ, खानपिन गर्नुपर्छ । यो सबै गर्न पैसा चाहिन्छ । तर पैसाकै कारण चुनाव जितिन्छ भन्ने कुरा चाँही मलाई अलि अप्ठेरो लाग्यो । पैसाका कारण चुनाव जितिन्न । मान्छेको व्यक्तित्व, उसका एजेण्डा, उसका साथिभाई र सहयोगीहरुका कारणले चुनाव जित्ने हो । हो तर पनि पैसा एउटा पक्ष भने हो नै ।

पैसाको चलखेल रोक्ने योजना छैन् ?
मलाई त्यता तिर लाग्नु छैन् । त्यस्तो चलखेल रोक्न म सक्दिन् । जुन गाउँमा जानु नै छैन, त्यहाँको बाटो किन सोध्नु ?

जाँदै गरेका अध्यक्ष र आउँदै गरेका अध्यक्षले कसलाई सघाउँछन् भन्ने प्रश्न छ नी ?
अरुको कुरा थाहा छैन्, चन्द्र जीले मलाई सहयोग गर्नु हुन्छ । हाम्रो दुई वर्ष अघि नै सहमति भएको हो । तर उहाँको सहयोग प्रष्ट हुँदैन् ।

दुई वर्षमा बागमतिमा पानी त धेरै बग्यो नी ?
पानी बगेपनि फोहोर पानी मात्रै बगेको हो । सफा पानी बाँकी नै छ, चन्द्र जीले मलाई सघाउनुहुन्छ । तपाई राजनीतिक बिरासत भएको परिवारको सदस्य, उता लागेको भए मन्त्रि भइन्थ्यो, यता लागेर गल्ति गरियो भन्ने त लाग्दैन् ?
मैले ठिक गरेँ नी । उता लागेको भए तपाईहरुले नै घराना थाम्न आएको भनेर सोध्नु हुन्थ्यो । बाउको ‘यस खान’ आएको भन्नु हुन्थ्यो । अहिले जहाँ छु, आफ्नै बलमा आईपुगेको छु । म पूर्ण सन्तुष्ट छु । व्यापार गर्ने मेरो आफ्नो परिपक्क निर्णय हो । राजनीति गर्न, चुनाव लड्न, संबिधान सभामा जान अफर आएको थियो । मैले व्यवसाय नै रोजेँ ।

अब यी काम गर्नेछु, भनेर मतदातासँग भोट माग्नुस्
लामो कुरा गर्दिन् । मेरो इतिहास हेर्नुस् । मेरो निडरता हेर्नुस् । मेरो इमानदारिता हेर्नुस र हिजोको दिनमा दिएको साथ हेर्नुस् । नेपाल उद्योग बाणिज्य महासंघ र नेपालको अर्थतन्त्रको भविष्य हेर्नुस अनि मलाई भोट दिनुस् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्