Shikhar Insurance

विभागमा ३३ महिना रहेर मैले गरेका काम

दीर्घराज मैनाली
२०७७ फाल्गुन १९, बुधबार १८:०३
NIMB
Nabil Bank

राजस्व अनुसन्धान विभागको महानिर्देशकको रुपमा ३३ महिना नेतृत्व गरी आजबाट अर्को जिम्मेवारीमा जाँदैछु । आर्थिक सुशासन कायम गर्न राजस्व चुहावट नियन्त्रण एवं विदेशी विनिमय अपचलन नियन्त्रणका कसुरमा अनुसन्धान तथा अदालतमा अभियोजन गर्ने प्रमुख जिम्मेवारी विभागको रहेको छ ।

यस अवधिमा राजस्व चुहावट तर्फ २२० वटा मुद्दामा ७८० जना प्रतिवादी बनाई ३६ अर्व ६१ करोड विगो मागदावी लिई अदालतमा मुद्दा दायर गरियो । ७ अर्बभन्दा बढी विगो कायम भएका १७ वटा मुद्दाहरु राय निर्णयको लागि सरकारी वकिल कार्यालय पठाई अभियोजनको क्रममा रहेका छन्। अन्य थुप्रै मुद्दाहरु अनुसन्धानको क्रममा रहेका छन् । विदेशी विनिमय अपचलन तर्फ ४४० जनालाई प्रतिवादी बनाई १० अर्ब ७२ करोड बिगो असुल गर्न मागदाबी लिई मुद्दा दायर गरिएको छ।

Citizen Life
Kumar Bank
Nepal Life

मूअ करका झुट्ठा तथा नक्कली बिजकबाट ठूलो परिमाणमा करछलि गर्ने माथि गम्भिर ढंगले अनुसन्धान गरी १९ अर्ब भन्दा बढिको मागदावी लिई १६० वटा मुद्दा दायर गरी सकिएको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ मा समयानुकूल परिमार्जन गरी अनुसन्धान तथा अभियोजन र न्याय निरुपण प्रभावकारी हुने व्यवस्था गरिएको छ । अनुसन्धान कार्यलाई सूचना, प्रमाण, प्रविधि र ज्ञानमा आधारित बनाउने पद्धति अवलम्बन गरिएको छ । व्यवसायिक पारदर्शिता कायम गर्ने, स्वस्थ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने, राजस्व चुहावट नियन्त्रण गरी कराधारको व्यापक विस्तार गर्न वेभमा आधारित भीसीटीएस २०७६ साउन १ गतेबाट शुरु गरिएको छ ।
यसमा हालसम्म १ लाख १३ हजार प्रयोगकर्ता बनिसकेका छन् । ४१ खर्बभन्दा बढीको सूचना संग्रह भएको छ । एक करोड ५० लाख भन्दाबढि विलविजक, प्रज्ञापनपत्र र चलान प्रणालीमा प्रवृष्टी भएका छन् । व्यवसायिक प्रयोजनका मालवस्तु ढुवानी गर्नुपूर्व ढुवानी साधन र मालवस्तुको संक्षिप्तर विवरण भीसीटीएसमा प्रवृष्टि गर्नुपर्ने व्यवस्था गरिएको छ । भीसीटीएस पालना नगर्ने माथि अनुगमन बढाइएको छ ।

यसबाट राजस्व छलि नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ। यस्ता महत्वपूर्ण कार्य सम्पादन गर्न विभागलाई निर्देशन र प्रोत्साहन गर्नुहुने सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थ मन्त्रीज्यू, महान्यायाधिवक्ताज्यू, सरकारी वकिलज्यूहरु प्रति आभार व्यक्त गर्दछु । साथै, विभागमा अहोरात्र खटिनुहुने मेरा कर्मचारी साथीहरु रसुरक्षाकर्मी साथीहरु प्रति हार्दिक धन्यवाद दिन चाहान्छु । राजस्व चुहावट नियन्त्रणका लागि लिइएका सुधारमा साथ दिनुहुने व्यवसायिकक्षेत्रका विभिन्नर संस्था तथा व्यक्तिहरु प्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

विभागले लिएका सुधारका कार्यहरु तथा सम्पादन गरेका कामहरुको आम जनसमुदायमा सम्प्रेषण गरी सहयोग गर्नुहुने सम्पूर्ण संचार माध्यम र संचारकर्मी मित्रहरु प्रति विशेष धन्यवाद ज्ञापन गर्दछु । साथै आगामी दिनमा पनि यसरी नै साथ र सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा लिएको छु ।

GBIME

प्रतिक्रिया दिनुहोस्