Shikhar Insurance

महालक्ष्मी लाइफका कर्मचारीलाई सम्पति सुद्धिकरण तालिम

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २०, बिहीबार १३:५४
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ ।  तालिम कार्यक्रममा बागमति प्रदेशका सबै शाखा र उपशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो।

कर्मचारीहरुलाई वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले गैर कानूनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धिकरण गरिन्छ, अपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी गर्ने र शंकास्पद कारोबारको रिपोर्टिङ तरिका बारेमा तालिम दिएकी थिइन । तालिममा बागमति प्रदेशका १५ जना प्रमुखहरुको सहभागिता रहेको थियो।

Citizen Life
Kumar Bank
Nepal Life

बिहिबार नै दोस्रो चरणको तालिममा बीमा प्रोडक्ट र यस्को बिक्रिका क्षेत्रहरु, प्रभावकारी अण्डरराईटिङका तरिकाहरु र ग्रामिण क्षेत्र सम्म पुग्ने बजार रणनीतिका बारेमा प्रदान गरिएको छ । नायव प्रमुख कार्यकारी अधिकृत द्वय कमल पन्थी र रामेश्वर श्रेष्ठ, मार्केटिङ विभाग प्रमुख प्रशान्तराज धमला र अण्डरपराईटिङ विभाग प्रमुख प्रभाकर न्यौपानेले तालिम दिएका थिए ।

कम्पनीले २०७८ आषाढ मसान्त भित्र सातै प्रदेशका कर्यालय प्रमुख र कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धि पूनर्ताजगी तालिम दिने कार्यक्रम बनाएको छ । त्यसै गरी यो तालिम क्रमशः अभिकर्ताहरुलाई पनि प्रदान गरी जीवन बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरणलाई न्यूनिकरण गर्ने उद्देश्य राखिएको जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्