Shikhar Insurance

संसदमा भिडन्तको संकेतः ओलीले संसदीय दलको बैठक बोलाए, प्रचण्ड-नेपालले कारवाहीको पत्र बुझाए

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २०, बिहीबार २०:२९
NIMB
Nabil Bank

काठमाडौं । फागुन २३ गते ४ बजेका लागि प्रतिनिधी सभाको बैठक बोलाईएको छ । प्रधानमन्त्री ओलीलाई हटाउने तयारीमा रहेका नेकपा बहुमत पक्ष तथा माधव प्रचण्ड समुहले काँग्रेस र जनता समाजवादी पार्टीसँग आगामी रणनीतिबारे छलफल गरिरहेको छ ।

उता, प्रधानमन्त्री ओलीले फागुन २२ गते ३ बजेका लागि संसदीय दलको बैठक बोलाएका छन् । ओलीले संघीय दलको बैठक बोलाउनु अघि नै माधव प्रचण्ड समुहले आफुहरुले ओलीलाई कारवाही गरिसकेकाले नेकपाको संसदीय दलको नेताका रुपमा ओलीलाई जिम्मेवारी नदिन संसद सचिवालयलाई पत्राचार गरिसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

२३ गते ४ बजेका लागि डाकिएको संसद बैठकमा नेकपाको दुई खेमा कहाँ बस्ने ? कुन आधिकारीक भन्ने किचलो चलिरहेकै बेला नेपाली काँग्रेस भित्र पनि विवाद सुरु भएको छ । काँग्रेस सभापति शेर बहादुर देउवाले सरकारको नेतृत्व गर्ने अवसर आएमा नछोड्ने बताएका छन् । उता, बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि काँग्रेस नेतृत्वकर्ताका रुपमा नभई सहयोगी दलका रुपमा सरकारमा जानुपर्ने बताएका छन् । युवा नेता गगन थापाले भने काँग्रेस सरकारमा नगई प्रतिपक्षमै बस्नुपर्ने धारणा राखेका छन् ।

नेकपामा आधिकारीकता विवाद चर्किने र काँग्रेस भित्र सरकारमा जानेबारे मत नमिल्दा संसदमा भिडन्तको संकेत देखिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्