Shikhar Insurance

तीन दर्जन नयाँ ब्रोकर थप्ने तयारी तर बैंकका सहायकले नपाउने

नयाँ ब्रोकरहरु केन्द्रमा नभएर प्रदेशहरुमा थपिनेछन्
सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २०, बिहीबार २१:११
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितापत्र बोर्डले तीन दर्जन भन्दा बढी ब्रोकर थप्ने तयारी गरेको छ । तर त्यस्ता नयाँ ब्रोकरहरु केन्द्रमा नभएर प्रदेशहरुमा थपिनेछन् । बोर्डले हरेक प्रदेशमा कम्तिमा पाँच वटाका दरले ब्रोकरलाई लाइसेन्स बाढ्ने योजना बनाएको हो । तर बैंकका सहायक कम्पनीहरुलाई भने ब्रोकर लाइसेन्स दिइने छैन् ।

अर्थ मन्त्रालयले पनि बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिन नहुने धारणा अघि सारेको श्रोत बताउँछ । धितोपत्र बोर्ड सञ्चालक समितिमा प्रदेशमा ब्रोकर लाइसेन्स बाढ्ने तयारीबारे एक सरो छलफल समेत भैसकेको छ । ‘अब प्रदेशमा ब्रोकर लाइसेन्स दिने तयारी भैरहेको छ, त्यसका लागि बोर्डमा आवश्यक छलफल अघि बढेको छ’, बोर्ड उच्च श्रोतले भन्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल ५० वटा ब्रोकर कम्पनी छन् । ब्रोकर कम्पनीहरुका पाँच करोड चुक्ता पुँजी तोकिएको छ । बोर्डले ब्रोकर कम्पनीहरुको पुँजी समेत बढाउने तयारीमा बोर्ड जुटेको छ । ‘बैंकका सहायक कम्पनीलाई लाइसेन्स नदिएपछि अहिले भएका ब्रोकरहरुबाट भरपर्दाे सुबिधा दिनु पर्छ, त्यसका लागि पुँजी बढाइन्छ र पूर्वाधारमा पनि नयाँ मापदण्ड तोकिन्छ’, बोर्ड श्रोतले भन्यो ।

दैनिक औषत डेढ अर्बको सेयर कारोबार हुँदासम्म अहिलेका ब्रोकर कम्पनीहरु राम्रोसँग सञ्चालन हुन सक्ने निचोडमा पनि बोर्ड पुगेको छ । पुँजी बजारलाई प्रदेशसम्म विस्तारका लागि ब्रोकरहरुलाई शाखा खोल्न दिने कुरा मात्रै पर्याप्त नहुने देखिएपछि लाइसेन्स नै दिनुपर्ने निचोडमा बोर्ड पुगेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्