Shikhar Insurance

एभरेष्ट इन्स्योरेन्सका लगानीकर्तालाई ८.४२ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २१, शुक्रबार १०:४१
NIMB
Nabil Bank

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ८.४२ प्रतिशत लाभांश पाउने भएका छन् । फागुन २० गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट लगानीकर्तालाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।

बीमा समितिको स्वीकृति र आगामी साधारण सभाबाट पास गरेपछि कम्पनीका लगानीकर्ताले सो मात्रामा बोनस सेयर पाउनेछन् । हाल एभरेष्टको चुक्ता पुँजी एक अर्ब ९ करोड २९ लाख ३० हजार रुपैयाँ रहेको छ । सो पुँजीको ८ प्रतिशतले हुने ८ करोड ७६ लाख ७४ हजार रुपैयाँ बोनस सेयरका रुपमा बाढ्न लागिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्