Shikhar Insurance

रिलायन्स फाइनान्सका लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २१, शुक्रबार ११:१२
NIMB
Nabil Bank

काठमाडौं । रिलायन्स फाइनान्सका लगानीकर्ताले १०.५३ प्रतिशत लाभांश पाउने भएका छन् । फागुन २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् । हाल रिलायन्स फाइनान्सको चुक्ता पुँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ छ । ८ करोड ३२ लाख ४१ हजार ६ सय ६ रुपैयाँ बराबरको बोनस सेयर वितरण हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्