Shikhar Insurance

नेकपा विवाद टुंगो लगाउने प्रक्रिया सुरु हुँदै, माधव-प्रचण्ड समुहलाई सुर्य चिन्हसहित आधिकारीकता

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २१, शुक्रबार १६:५०
NIMB
Nabil Bank

काठमाडौं । निर्वाचन आयोगले नेकपा आधिकारीकताको टुंगो लगाउन आइतबारदेखि प्रक्रिया थाल्ने भएको छ । अध्यक्षद्धय माधव नेपाल र प्रचण्डले पठाएको पत्र बुझ्दै आयोग प्रमुख दिनेश थपलियाले आइतबारबाट नेकपा विवाद निरुपणको प्रक्रिया आरम्भ हुने बताएका हुन् । नेकपा अध्यक्षद्धयले आयोगलाई पत्र लेखेर आधिकारीकता विवाद तत्काल टुंगो लगाउन अनुरोध गरेका थिए ।

अध्यक्षद्धयको पत्र बुझ्दै प्रमख निर्वाचन आयुक्तले आइतबारदेखि विवाद निरुपणको प्रक्रिया आरम्भ गर्ने जानकारी दिएका हुन् । निर्वाचन आयोग श्रोतका अनुसार एक हप्ताभित्रै आयोगले नेकपा आधिकारीकता विवादको छिनोफानो गर्ने तयारी गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बहुमत केन्द्रिय सदस्य रहेको समुहलाई आधिकारीकता दिएर अल्पमत समुहलाई नयाँ पार्टी दर्ताका लागि आव्हान गर्ने आयोगको तयारी छ । आयोगले नेकपा माधव प्रचण्ड समुहलाई सुर्य चिन्हसहितको पार्टीको आधिकारीकता दिने र ४० प्रतिशत केन्द्रिय सदस्यको सूचि बुझाएमा ओलीलाई नयाँ पार्टी खोल्न दिने तयारी गरेको छ । तर ओली समुहसँग हाल ४० प्रतिशत केन्द्रिय सदस्य छैनन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्