Shikhar Insurance

आईपीओ भर्ने एक चौथाईभन्दा कमले गर्छन् अनलाइन सेयर किनबेच, बाँकी के गर्छन् ?

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २२, शनिबार ११:४९
NIMB
Nabil Bank

काठमाडौं । अनलाइन सेयर कारोबार गर्नेको संख्या दिनप्रतिदिन बढ्दो छ । यस्ता लगानीकर्ताको संख्या करिब साढे ४ लाख पुगेको नेप्सेले जनाएको छ ।

हालसम्म डिम्याट खोल्ने सर्वसाधारणको संख्या ३० लाख ४१ हजारभन्दा बढी छ । जसमध्ये साढे १५ लाखले आपीओ भर्ने गरेका छन् । अनलाइन युजरनेम पासवर्ड लिनेको संख्या आईपीओ भर्नेको करिब एकचौथाइ हो ।

Citizen Life
Kumar Bank
Nepal Life

फागुन तेस्रो सातासम्म सेयर कारोबारका लागि अनलाइनको युजर पासवर्ड लिने लगानीकर्ताको संख्या ४ लाख ४५ हजार ३५३ पुगेको हो । पछिल्लो दुई सातामै करिब ७० हजारले अनलाइन सेयर कारोबारका लागि युजरनेम र पासवर्ड लिएका हुन् ।

दोस्रो बजारको सक्रिय लगानीकर्ताको संख्या पाँच लाख ९४ हजार ८७९ पुगेको नेप्सेले जनाएको छ । अनलाइनको युजरनेम पासर्वड लिने सक्रिय लगानीकर्ताको संख्या दुई लाख २२ हजार ५६९ पुगेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्