Shikhar Insurance

१३ % ब्याजमा ऋण लिएर कृषिमा लगानी गरेको नेता/मन्त्री बन्न होइन, देश बनाउनका लागि हो’

पवन गोल्यान, उद्यमी
२०८० बैशाख २०, बुधबार १२:४१
NIMB
Nabil Bank

ठूला कर्पाेरेट हाउसहरुले उद्योग र कृषिमा लगानी गर्नुपर्छ भन्ने मान्यता राख्छन् उद्यमी पवन गोल्यान । आफुले कहिल्यै व्यापारमा हात नहालेको र भविष्यमा पनि व्यापारमा नलाग्ने प्रण गरेका गोल्यान यतिबेला कृषिमा अरबौं लगानी गर्ने जोखिम उठाईरहेका छन् । देशको सबै भन्दा ठूलो निर्यातकर्तामा पर्ने रिलायन्स स्पिनिङ मिल्सका प्रमुख लगानीकर्ता समेत रहेका गोल्यान उद्योग र व्यापारमा प्रयोग हुने बैंक ऋणको ब्याजदर कम्तिमा पनि दुई प्रतिशतले तलमाथि हुनुपर्ने बताउँछन् । आफुले १३ प्रतिशत ब्याजदरमा ऋण लिएर कृषिमा लगानी गरिरहेको बताउने उनै गोल्यानसँग सिंहदरबारले लामो कुराकानी गरेको छ । प्रस्तुत छ, बजेटको सम्मुखमा गोल्यानसँग गरिएको कुराकानीको सारः

–हाम्रा छिमेकी देशहरुले आफ्ना उत्पादन सस्तोमा नेपाल पठाएर यहाँ डम्प गरिरहेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत भन्सार तथा गैर भन्सार अवरोध सृजना गरेर सस्तो कृषि उत्पादन नेपालमा थुप्रिने अवस्थाको अन्त्य गरिनुपर्छ ।

Citizen Life
Kumar Bank

– चिनिमा भन्सार ५० प्रतिशत बनाउन मिल्छ भने अरु कृषि प्रशोधित उत्पादनमा पनि भन्सार बढाउन मिल्छ । उखु किसानलाई जोगाउने अरुलाई पर्दैन् ? आज भारतमा भन्दा नेपालमा चिनि महंगो छ नी त । मुल कुरा किसानलाई जोगाउने नै हो ।

–तरकारी र फलफुलमा ९ प्रतिशत भन्दा बढी भन्सार लगाउन मिल्दैन भन्ने व्यवस्थाको कुरा छ । प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा कि नेपालले भन्सार बढाउने वा भारतले निर्यातमा नगद अनुदान नदिने व्यवस्थाका लागि कुरा उठाउनुपर्छ ।

–कृषि उत्पादन वृद्धि र उत्पादित कृषि उपजहरुका लागि भण्डारण र मूल्य सूनिश्चितता आजको आवश्यकता हो ।

–किसानहरुलाई ब्याज अनुदान दिनु पर्दैन् । कृषिका लागि न्युन ब्याजदरमा ऋण दिए हुन्छ । किसानलाई उचित मूल्य र बजार सुनिश्चित गरिदिनुपर्छ । आयात निरुत्साहित गर्न भन्सार दर बढाउनुपर्छ ।

–धेरै उत्पादन भयो भने त भण्डारणहरु आफैं बन्नेछन् ।

–बजेटले कृषि उत्पादनमा डबल डिजिटको भन्सार लगाउनुपर्छ, भारतबाट आयात हुने कृषि उपजको बिषादी चेकजाँच अनिवार्य गर्ने व्यवस्था मिलाउनुपर्छ ।

–किसानलाई अनुदान होइन, प्रोटेक्सन(संरक्षण) चाहिन्छ ।

–बंगलादेशसँग बीटुबीमा पावर ट्रेडिङ खोल्ने, निजी क्षेत्रलाई विद्युत व्यापार खुला गरिदिएर पीपीए खोल्ने हो भने पाँच वर्षपछि नेपाल–भारत व्यापारमा हामी नाफा गर्ने ठाउँमा पुग्नेछौं ।

–सरकारले जुत्ता चप्पल उद्योगलाई मात्रै राम्रोसँग विकास गर्न सघाउने हो भने बार्षिक २ लाख रोजगारी दिन सक्छन् । एक सय रुपैयाँमा आयात भएका जुत्ता र पाइन्टहरु बजारमा ७ हजारमा बिक्रि भैरहेका छन् । त्यसलाई रोक्नुपर्छ ।

–निर्यात अनुदानमा यसपालीको ८ प्रतिशतको कुरै छाड्नुस्, अघिल्लो वर्षको ३ प्रतिशतको पैसा पनि पाईएको छैन् ।

–उद्योगहरुलाई सस्तो दरमा विद्युत दिनुपर्छ । ६० प्रतितश निर्यात गर्ने र ८० प्रतिशत नेपाली कामदार राख्ने, ३० प्रतिशतसम्म भ्याल्यु एड गर्ने उद्योगहरुलाई विद्युत महशुलमा ५० प्रतिशत छुट दिनुपर्छ ।

–जटिबुटी प्रशोधन गर्ने उद्योग बनाउन सकियो भने अहिले नै एक खर्ब मूल्यको जडिबुटी चिन तर्फमात्रै निर्यात गर्न सकिन्छ ।

–उद्योग र व्यापारका लागि दुई खाले ब्याजदर कार्यान्वयन गर्नुपर्छ । कर्जाको ब्याजदर १० प्रतिशत छ भने आयात गर्नेहरुलाई १२ प्रतिशत र उद्योगीहरुलाई ८ प्रतिशतको ब्याजदर लगाउनुपर्छ । ब्याज अनुदान दिनुपर्दैन्, दुई खाले ब्याजदर लगाईदिए पुग्छ ।

–आयात रोक्ने होइन, भन्सार मूल्य बढाइदिनुपर्छ । करोडौंका गाडी ल्याउनेहरुले महंगो तिर्छन् नी । महंगो मोबाइल, ठूला टिभि, मोटरसाइकल, महंगा गाडीहरुलाई रकम बडाबड गरेर ल्याउन दिए हुन्छ ।

–सुपारी, मरिच नेपाल ल्याएर भारत निर्यात गर्नेक्रम रोक्नुपर्छ । यी दुबै उपज नेपालमै जति पनि उत्पादन गर्न सकिन्छ । तेश्रो मुलुकबाट नेपाल ल्याएर भारत निर्यात गर्ने गलत काम रोकौं ।

–हामीले गरेको कामको प्रशंसा नगरे पनि हुन्छ तर खुट्टा तान्ने काम नगर्नुस् । सिसाको घरमा बसेर म माथि आक्रमण नगर्नुस् । मैले कुनै पनि बिजनेशमा राज्यलाई दोहन गरेको छैन् ।

–मलाई कृषिमा लागेर भोली नेता, मन्त्री बन्नु छैन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्