Shikhar Insurance

अर्थतन्त्रका सबै समस्याको समाधान राष्ट्र बैंकले गर्न सक्दैनः गभर्नर अधिकारी

सिंहदरबार संवाददाता
२०८० बैशाख २४, आईतवार १८:१५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले अर्थतन्त्रमा देखिएका सबै समस्या समाधान गर्ने जिम्मा राष्ट्र बैंकले लिन नसक्ने स्पष्ट पारेका छन् । नेपाल व्यवसाय शिखर सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले मौद्रिक नितिले सबै समस्याको समाधान गर्न नसक्ने बताएका हुन् ।

‘राष्ट्र बैंकलाई तलाउको पात सम्झिएको छ, हाम्रा पनि सिमा छन् । मौद्रिक नितिको सिमा भित्र बसेर जे गर्न सकिन्छ त्यही गर्ने हो । मौद्रिक नितिका पनि सिमा बुझिदिनु होला ।’, गभर्नरले अधिकारीले भने । उनले बैकिङ प्रणालीमा कुनै समस्या नरहेको पनि स्पष्ट पारे । ‘नेपालका बैंकहरु ठिकठाक छ्न, कुनै जोखिममा छैनन् ।’

Citizen Life
Kumar Bank
Nepal Life

उनले राष्ट्र बैंकले निक्षेप कर्ताको हितलाई पहिलो प्राथमिकतामा राखेर ऋण लिनेहरुको हितलाई पनि ध्यान दिएको बताए । ‘निक्षेप कर्ताको पुरै हित गर्छौ । ऋण लिनेहरुको हित पनि गर्छौं ।’ व्यवसायीहरुले आफ्नो जोखिम व्यवस्थापनका लागि प्रणालीलाई गाली गरिरहेको आरोप पनि उनले लगाए ।

‘ कोभीडका समयमा बिजनेस कम्युनिटि लाई सहुलियत दिएकै हो । बैंक नबाची अर्थतन्त्र बाच्दैन । आफ्नो भित्रि उदेश्य पूरा भएन भने प्रणालीलाई नै गाली गरेर हुन्न । हामी आफ्नो पकेटको मात्रै हित हेर्नेहरुको कुरा सुन्दैनौ ।’, अधिकारीले भने , बैंकहरुको जन्म नै जोखिम बोक्नका लागि भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्