Shikhar Insurance

एमालेले भ्रष्टाचारीलाई जोगाउँदैनः अध्यक्ष ओली

सिंहदरबार संवाददाता
२०८० बैशाख २६, मंगलवार ०८:२९
NIMB
Nabil Bank

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले भ्रष्टाचारीलाई जोगाउने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले एमालेले कसैको पनि दोषको ढाकछोप नगर्ने बताएका हुन् ।

“एमालेले कसैको पनि दोष र अपराधलाई ढाकछोप गर्दैन”, अध्यक्ष ओलीले भने, “कोही पनि दोषीलाई एमालेले बचाउ गर्दैन र भ्रष्टाचार कसैले गर्छ भने जान्छ । व्यक्तिगत भ्रष्टाचारलाई एमाले पनि समर्थन गर्दैन ।”

Citizen Life
Kumar Bank
Nepal Life

उनले एमालेविरुद्ध षड्यन्त्र हुन्छ भने त्यसको मुकाबिला गर्न आफू तयार रहेको बताए । अध्यक्ष ओलीले भ्रष्टाचारको मुद्दामा प्रमाणले तानिनुपर्ने भन्दै केही दिनअघि गिरफ्तार भए पनि मान्छेलाई किन छाडियो भनेर प्रश्न गरे ।

उनले नक्कली भुटानी शरणार्थीका सम्बन्धमा प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताए । “दोषीलाई न्यायको कठघरामा उभ्याउनु पर्दछ । निर्दोषलाई फसाउने कोसिस गर्नुहुँदैन”, उनले भने । अध्यक्ष ओलीले दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरे । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्