Shikhar Insurance

अब आयात रोक्दैनौं, राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ब्याजदर घटाउँछः अर्थमन्त्री डा. महत

सिंहदरबार संवाददाता
२०८० बैशाख २६, मंगलवार १४:०५
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउने बताएका छन् । राष्ट्रिय सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री डा. महतले मौद्रिक नीति मार्फत राष्ट्र बैंकले ब्याजदर घटाउने बताएका हुन् ।

‘अर्थतन्त्र चलायमान बनाउन आर्थिक वर्षको सुरुवातदेखि नै पुँजीगत खर्च बढाउन पहल गर्छाै, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउनेछ, डा. महतले भने । उनले यसपाली सामाजिक सुरक्षाका कुनै पनि कार्यक्रम कटौती गर्ने योजना नरहेको स्पष्ट पारेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

‘सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेका छन्, तर हामीले प्रतिवद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन’ उनले भने, हामीले बोलिसकेका कुराबाट पछि हट्दैनौं ।’, मन्त्री डा. महतले भने ।
उनले बिलासिताका समान आयात रोक्ने भन्दा राजश्व संकलनमा भारी गिरावट आएको बताए । आयात रोक्दा क्रय शक्ति घटेकोमा पनि उनले चिन्ता व्यक्त गरे ।

उनले के आयात गर्ने र के नगर्ने भन्ने जिम्मा जनतालाई छाडिदिनुपर्ने पनि बताए । उनले राज्यको ध्यान आयात रोक्न भन्दा पनि समृद्धिका लागि के के गर्नुपर्ने हो त्यसमा केन्द्रित हुनुपर्ने समय आईसकेको पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्