Shikhar Insurance

कर्मचारीको तलब र वृद्ध भत्ता नबढ्ने

सिंहदरबार संवाददाता
२०८० बैशाख २६, मंगलवार १४:३२
NIMB
Nabil Bank

काठमाडौं । सरकारले यसपाली कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता नबढाउने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता नबढ्ने स्पष्ट पारेका हुन् । अर्थतन्त्र संकट उन्मुख भएको, राजश्व संकलन न्युन रहेको तथा सरकारसँगको स्रोत सिमित बन्दै गएकाले यसपाली कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता बढाउन नसकिने संकेत गरेका हुन् ।

यद्यपी उनले यस अघि दिईँदै आएको सामाजिक सुरक्षा भत्ता कटौतीको योजना भने नरहेको स्पष्ट पारे । ‘सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेका छन्, तर हामीले प्रतिवद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन’ उनले भने, हामीले बोलिसकेका कुराबाट पछि हट्दैनौं ।’, मन्त्री डा. महतले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल ३५ लाख भन्दा बढी नेपालीहरु सामाजिक सुरक्षा भत्ताको दायरामा छन् । सामाजिक सुरक्षा भत्ताबारे पुनरावलोकन गर्नुपर्ने दवाब बढिरहेका बेला अर्थमन्त्री डा. महतले बढाउन नसकिने र पुरानोलाई कटौती गर्ने सम्भावना पनि नरहेको स्पष्ट पारेका हुन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्