एनआरएनलाई पुँजी बजारमा भित्र्याउन धितोपत्र बोर्डले बनायो कार्यदल

सिंहदरबार संवाददाता
२०८० बैशाख २६, मंगलवार १८:०४

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गैर आवासिय नेपाली(एनआरएन)हरुलाई नेपालको पुँजी बजारमा भित्र्याउनका लागि अध्ययन गर्न कार्यदल गठन गरेको छ । बोर्डका अध्यक्ष रमेश कुमार हमालका अनुसार बोर्ड सञ्चालक समितिका सदस्य सुजन कुमार काफ्लेको संयोजकत्व गठित कार्यदलमा विज्ञ सञ्चालक भोला ढुंगाना सदस्य छन् भने बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ पनि सदस्य छन् । कार्यदलको सदस्य सचिवमा बोर्डकी उप कार्यकारी निर्देशक दिपा दाहाल रहेकी छिन् ।

बोर्ड सञ्चालक समितिको २०७९ चैत १२ गते बसेको बैठकको निर्णय अनुसार गठित समितिले आगामी तीन महिनाभित्र प्रतिवेदन बुझाउनु पर्नेछ । धितोपत्र बजारमा गैर आवासिय नेपालीहरुलाई प्रवेश गराउन गठित कार्यदलले दिने प्रतिवेदनले नेपालको पुँजी बजार विकासमा कोशे ढुंगाको काम गर्ने बोर्ड अध्यक्ष रमेश हमालले बताए ।

प्रतिक्रिया दिनुहोस्