Shikhar Insurance

आगामी बजेट उत्पादन बढाउने र रोजगारी सिर्जना गर्नेमा केन्द्रित हुनुपर्छः मुख्यमन्त्री कार्की

सिंहदरबार संवाददाता
२०८० बैशाख २७, बुधबार १२:३८
NIMB
Nabil Bank

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष बजेट उत्पादन बढाउने र रोजगार सिर्जना गर्नेमा केन्द्रित हुने बताएका छन् ।

बुधबार आयोजित ‘वित्तीय संघीयता र स्थानीय तहको योजना तर्जुमा’ प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान आधा हिस्सा मात्र आउनु र प्रदेशमा राजस्व पनि संकलनमा कमी आउनुले समस्या उत्पन्न भएको बताए। राजस्व संकलनको स्थिति यथावत् रहेमा बजेट कम आकारको बन्ने उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले दायित्व बढ्ने र बजेट स्रोत कमजोर हुने अवस्था देखिएको भन्दै स्थानीय तहले अतिआवश्यक ठाउँमा मात्रै लगानी गर्न सुझाव दिए। संघीयता बलियो बनाउन विगतका कमी कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले स्थानीय तहले बजेट निर्माण गर्दा उत्पादन बढाउने, रोजगार सिर्जना गर्ने र सौन्दर्यकरणमा बढी केन्द्रित गर्नुपर्ने बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्