Shikhar Insurance

काठमाडौं उपत्यकामा सबैभन्दा बढी ८.५७ प्रतिशत मूल्यवृद्धि

सिंहदरबार संवाददाता
२०८० बैशाख २७, बुधबार १४:१९
NIMB
Nabil Bank

काठमाडौं । देशका अरु स्थानको तुलनामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै महँगी बढेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज (बुधबार) सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार ९ महिनामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ८.५७ प्रतिशतको मूल्यवृद्धि देखिएको हो । यो अवधिमा तराई क्षेत्रमा ७.६८, पहाडमा ७.१ र हिमालमा ७.४७ प्रतिशत मूल्यवृद्धि रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आर्थिक वर्षको सोही अवधिमा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत मूल्यवृद्धि थियो । त्यस्तै, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मुद्रास्फीति थियो । यस आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ । अर्थात् सरकारले राखेको मूल्यवृद्धिको सीमाभन्दा बढी मूल्यवृद्धि देखिएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य राखेको थियो तर चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत बराबर थियो । यो अवधिमा खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा क्षेत्रको मूल्यवृद्धि ८.४२ प्रतिशत रहेको छ ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुराँ तथा होटल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १४.६८ प्रतिशतले बढेको छ । त्यस्तै, मरमसलाको १४.६७, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत, फलफूलको ११ प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत स्वास्थ्य उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १०.३९ प्रतिशतले बढेको छ । घरायसी उपयोगका वस्तुमा ९.५४, मनोरञ्जन तथा संस्कृतिमा ८.८१, फर्निसिङ तथा घरायसी उपकरणमा आठ दशमलव ७४ र शिक्षा क्षेत्रमा ८.६७ प्रतिशतको मूल्यवृद्धि देखिएको छ ।

गत चैत महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति भने ५.५९ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १४.४२ प्रतिशत थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्