Shikhar Insurance

९ महिनामा भित्रियो ९ खर्ब ३ अर्ब रेमिट्यान्स, बिप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि

सिंहदरबार संवाददाता
२०८० बैशाख २७, बुधबार १४:३७
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार चालू आ.वको ९ महिनाको अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने नेपाल भित्रिने त्यस्तो रेमिट्यान्स ०.२ प्रतिशतले ऋणात्मक हरेको थियो । समिक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

समीक्षा अवधिमा खुद ट्रान्सफर २२.८ प्रतिशतले वृद्धि भई ९९६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३ लाख ८७ हजार ८३९ जना पुगेका छन् ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्