Shikhar Insurance

अनुसन्धान प्रभावित गर्न नेताहरुले दौडधुप गरेः एकिकृत समाजवादी

सिंहदरबार संवाददाता
२०८० बैशाख २७, बुधबार १५:५७
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रभावित गर्न नेताहरुको दौडधुप सुरु भएको आरोप लगाएको छ । समाजवादीका महासचिव घनाश्याम भुषालले दबाव र प्रभावबाट मुक्त राखेर अनुसन्धानलाई अघि बढाउन माग गरेका छन् ।

भुषालले विज्ञप्ति निकाल्दै भनेका छन्, ‘विगतमा यस्ता कैयन् घटनाहरु स्थार्थ समूहका दबावका कारणले ढाकछोप भएका छन् । तसर्थ, कुनै पनि शक्तिले कुनै पनि बहानामा पार्ने कुनै पनि दबाब वा प्रभावबाट यो काण्डको अनुसन्धान र कार्यवाही प्रक्रिया कमजोर हुन नजाओस् र सबै दोषीहरुमाथि कार्यवाही गर्न सरकार दृढतापूर्वक अघि बढोस् भन्ने कुरामा हाम्रो पार्टी जोड दिन्छ ।’

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्