Shikhar Insurance

नहुने भयाे कान्ति लोकपथकाे पाँच किमी सडक कालोपत्र

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २४, सोमबार १४:४३
NIMB
Nabil Bank

काठमाडाैं । राष्ट्रिय राजमार्गका रुपमा रहेको कान्ति लोकपथकाे झण्डै पाँच किमी सडक अझै केही वर्ष कालोपत्र नहुने भएको छ । वर्षेनी वर्षाका कारण सडक अवरुद्ध हुने गरेकाले तत्कालका लागि कालोपत्र नगरिने कान्ति राजमार्ग योजना कार्यालयले जनाएको छ ।

अहिले तत्काल कालोपत्र नगरिने सडकमध्ये धेरै भाग ललितपुर र थोरै भाग मकवानपुरमा पर्छ । अहिले तत्काल कालोपत्र नहुने थोरै सडक खण्ड मकवानपुरमा पनि रहेको छ । एक किलोमिटर सडक कालोपत्र गर्दा झण्डै रु डेढ करोड लगानी हुने भएकाले त्यो रकम खेर जान नदिन तत्काल कालोपत्र नगर्ने योजना बनाएको सूचना अधिकारी दिपेश रजकले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

कुनै पनि ठाउँमा सडक खनेपछि केही वर्षसम्म पहिरो जाने गरे पनि केही वर्षपछि त्यहाँको माटो स्थिर भएर रहन्छ । “अबको केही वर्षमा पहिरो जान रोकिएपछि कालोपत्र गर्न सकिन्छ ।” अहिले कालोपत्र नगरिने सडकमा पनि ग्राभेल गरिने भएकाले स्थानीयवासीलाई आवतजावतमा समस्या नहुने योजनाका सूचना अधिकारी रजकले भने ।

रजकका अनुसार त्यो स्थानमा ग्राभेल, सडक छेउमा नाली बनाउनेलगायतका अरु सबै किसिमका काम हुनेछ । यो सडकमा वर्षेनी वर्षाको समयमा सडक माथिबाट आउने पहिराका कारण सडक अवरुद्ध हुने गरेको छ । पहिले एक लेनको सडक दुई लेनको बनाउँदा सडकमा पहिरो आइरहेको हो ।

सडक ट्याक खुलेको लामो समयसम्म पनि कच्ची सडकका रुपमा रहेको यो सडकमा अहिले धमाधम कालोपत्रको काम भइरहेको छ । चालू आवभित्रै त्यही पाँच किमी सडकबाहेक अन्यत्र सडक कालोपत्र गरिसक्ने योजनाको लक्ष्य बताइएको छ ।

सडक दुई लेन बनाइए पनि अहिलेसम्म राजमार्गमा रहेका तीन पुल एक लेनका छन् । पुललाई पनि बिस्तार गरिने योजनाले जनाएको छ । सडक विभागले गत आवमा सो सडकलाई पहिलो प्राथमिकताको सडक (पि वान) बाट राष्ट्रिय राजमार्गमा स्तरोन्नति गरेको थियो । उक्त सडक काठमाडौँलाई तराईसँग जोड्ने छोटो सडकमा पर्छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्