Shikhar Insurance

बजेटबाटै राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंक मर्जरको तयारी, कृषि विकासलाई कृषिमै केन्द्रित गराइँदै

सिंहदरबार संवाददाता
२०८० बैशाख २८, बिहीबार १४:११
NIMB
Nabil Bank

काठमाडौं । निजी क्षेत्रका बैंकहरु धमाधम मर्जरमा गएर ठूलो पुँजी र बिशाल नेटवर्क विस्तारमा केन्द्रित भएपछि सरकारी स्वामित्वका तीन वटा बैंकहरुका बिषयमा चासो व्यक्त भएको छ । यहि चासोका बीच नेपाल राष्ट्र बैंकले नै राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंकलाई मर्जर गराउनेबारे ग्रीन सिग्नल दिएको छ । राष्ट्र बैंकको ग्रीन सिग्नल पाएपछि अर्थमन्त्रालयले मर्जरको सम्भावना खोज्न अध्ययन कार्यदल बनाएको थियो । बिचमा कार्यदलले खासै प्रगति गर्न सकेको थिएन तर अब फेरी मर्जरबारे थप छलफल अघि बढेको छ ।

तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलकै पालामा मर्जर सुझाव समिति गठन भई मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखलाई संयोजक तोकिएको थियो । त्यस बाहेक अर्थमन्त्रालयका तर्फबाट नेपाल बैंकमा सञ्चालक रहेका सहसचिव धनीराम शर्मा र राष्ट्रिय बाणिज्य बैंकमा सञ्चालक रहेका शम्भु प्रसाद मरासीनी सदस्य छन् । कार्यदलमा दुबै बैंकका सिईओहरुलाई पनि पदेन सदस्य बनाईएको थियो । ‘राष्ट्र बैंककै सिग्नलपछि मन्त्रालयले अध्ययन कार्यदल बनाएको थियो, हामीले पनि सिईओ र सञ्चालकहरुलाई बोलाएर मर्जरमा जानेबारे प्रारम्भिक छलफल र सुझाव दिएका थियौं’, राष्ट्र बैंकका एक अधिकारीले सिंहदरबारसँग भने । राष्ट्र बैंकले नै कुनै बेला यी ‘रेस्क्यु’ गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

‘निजी बैंकहरुसँगै प्रतिष्पर्धी बनाउन र भोली फेरि समस्यामा नपरुन भनेर राष्ट्र बैंकले मर्जरका लागि सुझाव दिएको हो, हामीलाई पनि नियमन र सुपरिवेक्षणमा सहिजो हुन्थ्यो’, ति अधिकारीले सिंहदरबारसँग भने । अर्थमन्त्रालयका प्रवक्ता धनीराम शर्माले अघिल्लो अर्थमन्त्रीका पालामा दुई सरकारी बैंकको मर्जर गर्नेबारे सिईओहरुले नै अनौपचारिक प्रस्ताव गरेको र मन्त्रालयले अध्ययन गर्न सामान्य समिति बनाएको बताए । ‘सरकारी बैंकहरुको मर्जरबारे समय समयमा कुरा उठ्ने गरेको छ, अघिल्लो अर्थमन्त्रीका पालामा दुबै बैंकका सिईओहरुले कुरा उठाउनु भएको थियो, त्यसपछि एउटा समिति बनेको पनि हो । तर राजनीतिक समिकरण नै बदलिएपछि त्यसबारे थप छलफल अघि बढे जस्तो लाग्दैन्’, अर्थमन्त्रालयका प्रवक्ता शर्माले सिंहदरबारसँग भने ।

तर अब भने फेरि पनि राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंक मर्जको कुरा उठेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमै दुई बैंकलाई मर्जरमा लैजानेबारे उल्लेख गर्ने तयारी गरेको छ । ‘बजेटमै लेखेर मर्जरमा पठाउनेबारे प्रारम्भिक छलफल भैरहेको छ’, अर्थमन्त्रालयल उच्च स्रोतले सिंहदरबारलाई भन्यो । राष्ट्रिय बाणिज्य बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड रहेको छ भनेनेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। एक बराबर एकको स्वाप रेसियोमा मर्ज भएमा दुई बैंकको चुक्ता पुँजी ३० अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ ।

चैत मसान्तसम्ममा राष्ट्रिय बाणिज्य बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ भने नेपाल बैंकले १ अर्ब ७८ करोड २३ लाख रुपैयाँ नाफा गरेको छ । ९ महिनामा राष्ट्रिय बाणिज्य बैंकले ३ खर्ब २ अर्ब निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा नेपाल बैंकले २ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

कृषि विकास बैंकलाई कृषिमै केन्द्रित गराइँदै
बहुमत सरकारी स्वामित्व रहेको कृषि विकास बैंकलाई भने सरकारले कृषि क्षेत्रको लिडर बैंक बनाउने तयारी थालेको छ । कृषि विकास बैंकलाई अन्य बैंक तथा वित्तिय संस्थाहरुले पनि स्रोत उपलब्ध गराउने र उसले कृषि क्षेत्रमा लगानीको नेतृत्व लिने गरि छलफल अघि बढेको छ । ‘कृषि विकास बैंकसँग कृषिमा लगानी गर्ने आइडिया छ, कृषिमा काम गर्न तालिम र बिशेषज्ञहरुको संरचना पनि छ, त्यसकारण यसलाई कृषि क्षेत्रमै केन्द्रित गराएर अघि बढाउनेबारे प्रारम्भिक छलफल भैरहेको छ’, अर्थ मन्त्रालयका एक अधिकारीले भने ।

त्यसो त चालु आर्थिक वर्षको बजेट वक्तव्यमै नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एचआइडीसीएललाई मर्ज गराउने उल्लेख थियो । तर सो काम अहिलेसम्म अघि बढ्न भने सकेको छैन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्