Shikhar Insurance

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ३० वर्षमा प्रवेश

सिंहदरबार संवाददाता
२०८० बैशाख २९, शुक्रबार १७:५४
NIMB
Nabil Bank

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि. ३० औं वर्षमा प्रवेश गरेको छ । आज इन्स्योरेन्सले केन्द्रिय कार्यालय, सम्पूर्ण शाखा तथा उप शाखा कार्यालयहरुले एक आपसमा शुभकामना आदान प्रदान गरि ३० औं बार्षिक उत्सव मनाइएको छ ।

यस अवसरमा ग्राहकहरुलाई अझ विश्वसनिय र सुरक्षित महसुस हुनेगरि सहज सेवा प्रदान गर्ने प्रतिवद्धता समेत इन्स्योरेन्सले व्यक्त गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हस्पिटर एन्ड रिह्याबिटेसन सेन्टर फर डिसेबल चिल्ड्रेन बनेपा लाई आर्थिक सहयोग प्रदान गरेको छ र भविष्यमा पनि यस्तै सामाजिक कार्यमा प्रतिवद्ध रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले वताएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

वार्षिकोत्सवको अवसरमा कम्पनीले ३० औं वर्ष सम्म निरन्तर साथ र सहयोग पुर्याउनुहुने नेपाल बीमा प्राधिकरण, सम्पूर्ण ग्राहकवर्ग, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण सरोकारवालामा हार्दिक आभार व्यक्त गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्