नेपाल इन्स्योरेन्स कम्पनीको खुद नाफा ५९ प्रतिशतले वृद्धि, खुद बीमाशुल्क आर्जन भने सामान्य

सिंहदरबार संवाददाता
२०८० बैशाख ३१, आईतवार १२:३८

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार तेस्रो त्रैमासिकसम्ममा कम्पनीको खुद बीमाशूल्क ०.०६ प्रतिशत र खुद नाफा ५९ प्रतिशतले बढेको छ।

तेस्रो त्रैमासमा कम्पनीको नाफा २८ करोड ६५ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहिअवधिमा यसले १७ करोड ९४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस त्रैमासमा कम्पनीको खुद बीमाशुल्क आर्जन सामान्य अवस्थामा रहेको छ । कम्पनीको खुद बीमाशुल्क आर्जन अर्थात् ०.०६ प्रतिशतले बढेर ६० करोड १६ लाख ९३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा खुद बीमाशुल्क आर्जन ६० करोड १३ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस त्रैमासमा कम्पनीको बीमा कोषको आकार ३५.८५ प्रतिशले बढेको छ । यस अवधिमा कम्पनीको बीमा कोषमा ८९ करोड ४३ लाख ६ हजार रुपैयाँ रहेको छ । भने, गत वर्षको सोहि अवधिमा बीमा कोषको रकम ६५ करोड ८३ लाख ८ हजार रुपैयाँ रहेको थियो ।

चैत मसान्तसम्म अइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ११ पैसाले बढेर २५ रुपैयाँ ५६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ०२ पैसा रहेको छ ।

कम्पनीले यस त्रैमासको अवधिमा खुद दाबी भुक्तानी २४.३२ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षमा १५ करोड २७ लाख रुपैयाँ खुद बीमा दाबी भुक्तानी गरेको कम्पनीले यस त्रैमाससम्मा १८ करोड ९८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गर्न सफल भएको छ। यस त्रैमाससम्मा कम्पनीको कुल बीमाशुल्क आर्जन २.६६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्