Shikhar Insurance

महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद दावी भुक्तानी ४६ प्रतिशतले वृद्धि, बीमा कोषको आकार कत्राे ?

सिंहदरबार संवाददाता
२०८० बैशाख ३१, आईतवार १३:४८
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार खुद दावी भूक्तानी ४६.९२ प्रतिशतले बढेको छ ।

कम्पनीले यस अवधिसम्ममा १८ करोड ३८ लाख रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ । गत आवको साहि अवधिमा कम्पनीले १२ करोड ५१ लाख रुपैयाँ मात्रै बीमा दाबी भुक्तानी गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै लगानी, कर्जा तथा अन्य आम्दानी ५५.२५ प्रतिशतले बढेर ३४ करोड ४४ लाख रुपैयाँ पुगेको छ । भने व्यवस्थापन खर्च ६.१७ प्रतिशतले बढेर १५ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

तेस्रो त्रैमाससम्ममा कम्पनीको व्यवसाय ४.२२ प्रतिशतले बढेको छ । यसअवधिमा कम्पनीले १ अर्ब १६ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

गत वर्षको सोहि अवधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन १ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको थियो । साथै कम्पनीको जीवन बीमा कोषको आकार यस अवधिसम्म ५५.७७ प्रतिशतले बढेर कोषमा ३ अर्ब ८ करोड ७३ लाख रुपैयाँ संचित रहेको छ ।

त्यसैगरी, कम्पनीको अभिकर्ता कमिशन १४.७७ प्रतिशतले घटेको छ भने खुद नाफा गत वर्षको तुलनामा १४.९४ प्रतिशतले बढेर ८ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । यस अवधिसम्म कम्पनीको जारी बीमा पोलिसी संख्या ४८ हजार ४३७ रहेको छ । साथै कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, कम्पनीको जगेडा कोषको आकार २४.४३ प्रतिशतले बढेर २७ करोड ४० लाख रुपैयाँ र महाविपत्ती कोषको आकार ६.९६ प्रतिशतले बढेर कोषमा २ करोड ९७ लाख रुपैयाँ संचित रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्