Shikhar Insurance

शिखर इन्स्योरेन्सको खुद नाफा ६.५२ प्रतिशतले घट्यो, खुद बीमाशुल्क आर्जन कति ?

सिंहदरबार संवाददाता
२०८० बैशाख ३१, आईतवार १६:१७
NIMB
Nabil Bank

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिकृष्त वित्तिय विवरण प्रकाशित गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ६.५२ प्रतिशतले घटेको छ ।

कम्पनीको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४ करोड ३१ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीलेले ३६ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको सर्वाजनिक गरेको विवरण अनुसार खुद बीमा शुल्कआर्जन भने बढेको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ९ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । कम्पनीको खुद बीमाशुल्क आर्जन यस त्रैमासममा १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको दाबी भुक्तानी रकम १२.२३ प्रतिशतले बढेर ७० करोड ५५ लाख रुपैयाँ पुगेको छ । साथैै, व्यवस्थापन खर्चमा पनि वृद्धि भएपछि खुद नाफामा सामान्य असर परेको देखिन्छ । यता, बिमा कोषको आकार ७.०७ प्रतिशतले बढेर १ अर्ब ५८ करोड रुपैयाँभन्दा माथि पुगेको छ । यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ भने १८९ रुपैयाँ १७ पैसा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्