Shikhar Insurance

सानिमा रिलायन्स लाइफको खुद बीमा शुल्क आर्जन १ अर्ब ८४ करोडमाथि

सिंहदरबार संवाददाता
२०८० बैशाख ३१, आईतवार १६:३३
NIMB
Nabil Bank

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्मा कम्पनीले १ अर्ब ८४ करोड ९२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

गत वर्षको यसै अवधिसम्म कम्पनीले १ अर्ब ७४ करोड २७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । बीमा व्यवसायमा समेत कम्पनीको प्रगति भएको वित्तीय विवरणले देखाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले तेस्रो त्रैमाससम्ममा ८ अर्ब ५४ करोड ३१ लाख रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । जीवन बीमा व्यवसायमा उल्लेख्य प्रगति गर्दै कम्पनीले सो अवधिसम्म जीवन बीमा कोषको आधार ८ अर्बमाथि बनाएको हो ।

साथै चालु आवको ९ महिनासम्ममा कम्पनीले जगेडा कोषमा समेत ६९ करोड, ६४ लाख रुपैयाँ र महाविपत्ती कोषमा १० करोड ३९ लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।

साथै, सो अवधिसम्म कम्पनीले ४७ करोड ४६ लाख ७४ हजार रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । गत वर्ष सोहि अवधिमा कम्पनीले २६ करोड ३ लाख रुपैयाँको मात्रै खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले बीमा अभिकर्ता कमिशनबापत २२ करोड ९६ लाख २१ हजार रुपैयाँ छुट्याएको छ । गत वर्ष कम्पनीले अभिकर्ता कमिशन बापत २८ करोड ७२ लाख रुपैयाँ छुट्याएको थियो ।

४ अर्ब १८ करोड ४० लाख रुपैयाँ चुक्तापुँजी रहेको सानिमा रिलायन्स लाइफको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १३ पैसा, प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ १३ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३७७ रुपैयाँ १३ पैसा रहेको छ ।

साथै कम्पनीको जारी बीमालेखको संख्या ११ लाख २३ हजार ८८१ रहेको छ । बीमा व्यवसायमा सुधार गर्दै कम्पनीले खुद नाफामा पनि सुधार गर्न सफल भएको छ । यस अवधिमासम्ममा कम्पनीले १६ करोड १० लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्