Shikhar Insurance

घरघरमा धारा बनेपछि स्थानीयवासी खुसी, कुवाको पानी खानुपर्ने बाध्यताको अन्त्य

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १, सोमबार १५:२६
NIMB
Nabil Bank

चौतारा । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोककी ६५ वर्षीय मैया खड्का आँगनमै पानीको धारा झरेपछि दङ्ग छिन् । एक गाग्रो पानीका लागि घण्टौँ कुरेर पनि कुवाको पानी खानुपर्ने बाध्यताको अन्त्य भएपछि उनी खुसी छिन् ।

मैयाले भनिन्, “घरमा धारा होला र पानी आउला भन्ने सोचेकै थिएनौं अहिले हाइसञ्चो भएको छ ।” पाल्चोक खानेपानी आयोजनाले झन्डै १० वर्षभन्दा बढी समय लगाएर पाँच किलोमिटर टाढाको पहरोलाई छिचोल्दै कुँडुले खोलाबाट पानी ल्याएर ५ सय ९९ धारा बनाउन सफल भएको समितिका अध्यक्ष जिमी तामाङले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

खानेपानी तथा सरसफाइ विकास कार्यालयको सहयोगमा ३ करोड १८ लाख सहयोगमा घर–घरमा खानेपानीको धारा बनेपछि दीपबहादुर खड्का निकै खुसी देखिन्छन् । वर्षौंदेखि पानीको ठूलो समस्या भोगे पनि अहिले घरघरमै धारा र २४ सै घण्टा पानी आउन थालेपछि उनले सबैलाई धन्यवादसमेत दिए।

चौतारा साँगाचोकगढी नगरपालिका–७ को नेपानेवासीले एक सय १९ धारा पाएका छन् । नगरको ‘एक घर एक धारा’ कार्यक्रम अन्र्तगत घरघरमा धाराको व्यवस्था गरिएको हो । नेपाने खानेपानी उपभोक्ता समितिले निर्माण गरेको धारामा पानी आएपछि स्थानीयवासीमा खुसी भरिएको छ । सुख्खा क्षेत्रको रुपमा चिनिएको सिरुबारीको नेपानेमा धारा बनेपछि खानेपानीसँगै करेसाबारीमा पानी लगाउन सहज भएको वडा अध्यक्ष डम्बरबहादुर तामाङले बताए।

चौतारा बजार नजिकै रहेको हुन्द्रुङ गाउँका स्थानीयवासीले गाग्री बोकेर पँधेरा धाउन पर्ने बाध्यता हटेको छ । यसअघि खानेपानीको लागि उनीहरु बस्ती नजिकैको छाँगाखोलामा जानुपर्ने बाध्यता थियो । अहिले घरघरमा धारा निर्माण भएपछि टाढासम्म जानुपर्ने दिन अन्त्य भएकोमा स्थानीयवासी खुसी छन् ।

स्थानीय ६५ वर्षीया बुद्धिमाया घलेले भनिन्, “काँधमा बच्चा र आङमा पानीको गाग्री बोकेर छाँगाखोला धाउने दिन अन्त्य भएको छ । पहिले पहिले बिहान भाले बास्ने वित्तिकै घरदेखि एक किलोमिटर परको छाँगाखोलामा पानी लिन जानेको लस्कर नै हुन्थ्यो ।”, उनले भनिन्, “केही दिन अघिसम्म सामुदायिक धारामा जाने गरेका थियौँ अहिले घरघरमा नै धारो बनेको छ खुसी छौँ ।”

गाउँमा एक सय पाँच घरधुरी रहेकोमा एक विद्यालयसहित २१ घरधुरीलाई एक घर एकधारा वितरण गरिएको छ । आयोजना निर्माणका लागि नगरपालिकाले १० लाख २६ हजार आठ सय ८९ र सेवक नेपालले ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । उपभोक्ताबाट ३ लाख ४० हजार २ सय रुपैयाँ बराबरको श्रमदान गरी कूल १८ लाख ६७ हजार ९७ लागतमा घरघरमा खानेपानीको धारा पुर्‍याउन सफल भएको समितिको कोषाध्यक्ष सरोजा घलेले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्