ढुंगा, गिट्टी र काठ निर्यात गरेर ३ खर्ब आर्जन गर्न सकिन्छ, सरकारले सोचोस- अग्रवाल

काठमाडौं । नेपाल उद्याेग परिसंघका अध्यक्ष विष्णु अग्रवालले जीडीपीमा उद्याेग क्षेत्रको योगदान १२ प्रतिशतमाथि पुर्याउने योजनासहित मेक इन नेपाल अभियान सुरु गरिएको बताएका छन् । परिसंघले आयोजना गरेको मेक इन नेपाल स्वदेशी समिटलाई सम्बोधन गर्दै उनले हाल अभियानमा १ सय १० वटा उद्याेग सहभागी रहेको जानकारी पनि दिए । उनले मयुरधाप र शक्तिखोरमा सार्वजनिक निजी साझेदारीमा औद्योगिक क्षेत्र बनाउन परिसंघले प्रस्ताव गरेको पनि उनले बताए । उनले पाँच वर्षमा गिट्टी बालुवा निर्यात गरेर २ खर्ब र काठ निर्यात बाट एक खर्ब आर्जन गर्न सकिने दावी पनि गरे । एसएमइजलाई ठूला उद्याेग संघ जाेडेर भ्यालु चेनमा ल्याउन परिसंघले पहल गरिरहेको पनि उनले जानकारी दिए । नेपालले १० उत्पादनको निर्यातलाई उच्च प्राथमिकतामा राखेर योजना बनाउनु पर्नेमा पनि उनले जोड दिए । जुत्ता चप्पल, सिमेन्ट, औषधि, खाद्यन्न, प्लास्टिक, जडिबुटीलगायतलाई प्राथमिकता साथ निर्यात योजना बनाउनु पर्नेमा जोड दिए । उनले निर्यातमा दिने भनिएको ८ प्रतिशत नगद अनुदानलाई थप व्यवस्थित बनाउनु पर्नेमा जोड दिए । यस्ताे छ उनकाे विचार नेपाल उद्याेग परिसंघले स्थापनादेखि नै नेपालमा औद्योगिक विकासका लागि पहल गर्दै आएको छ। गतवर्ष मंसिरमा आयात बढेर विदेशी मुद्रा संचिति छोटो अवधिमै साढे २ अर्ब डलरले घटेपछि हामी सबैले औद्योगीकरण र आन्तरिक उत्पादनको महत्त्व झन् राम्रोसँग बुझेका छौं । आयातमा निर्भर उपभोगका कारण फरेक्स रिजर्वमा पर्ने … Continue reading ढुंगा, गिट्टी र काठ निर्यात गरेर ३ खर्ब आर्जन गर्न सकिन्छ, सरकारले सोचोस- अग्रवाल