Shikhar Insurance

नेपाल धनी नभई बुढो हुने चिन्ता भयो, हाम्रा लागि चीनभन्दा भारतनजिक छः डा. वाग्ले

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २, मंगलवार ११:४४
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालका लागि चीनभन्दा भारतनजिक रहेको र त्यसको लाभ उठाउन सक्नुपर्ने बताएका छन् । नेपाल उद्योग परिसंघले राजधानीमा आयोजना गरेको मेक इन नेपाल स्वदेशी समिटमा आफ्ना धारणा राख्दै उनले भने– ‘हाम्रा लागि चीन टाढा छ, हाम्रो छेउमा जम्मा ६ प्रतिशत चिनियाँ नागरिक बस्छन् । भारतको ८० करोड नागरि नेपालको सीमा जोडिएका राज्यहरुमा बस्छन् । यो अवसरलाई उपयोग गर्नुपर्छ । काठमाडौं–वीरगञ्ज विद्युतीय रेल बनाउन सक्नुपर्छ ।’

डा. वाग्लेले नेपाल जस्ता साना देशहरुका छुट्टै दुःखका कथा हुने भन्दै छिमेकका ठूला मुलुकहरुसँगको भूराजनीतिक र आर्थिक सम्बन्ध कसरी व्यवस्थापन गर्ने भन्ने ज्ञान आवश्यक पर्ने तथ्य पनि उजागर गरे । ‘साना देशहरुका छुट्टै दुः ख हुन्छन् । भारतसँग हाम्रो मुद्राको स्थिर बिनिमय दर छ । हामीले भारतसंग के–के कुरामा सम्झौता गर्ने हो ? के-के कुरामा आफैं बाँच्ने हो ? स्पष्ट हुनुपर्छ ।’ उनले नेपाल धनी नभई बुढो हुने हो कि भन्ने चिन्ताले आफूलाई सताइरहेको पनि बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले केही महँगो भए पनि अब आन्तरिक उत्पादन अनिवार्य उपभोग गर्ने तर्फ लाग्नुपर्नेमा पनि जोड दिए । बेलायत र अमेरिकाले समेत आन्तरित उत्पादनलाई प्रथामिकता दिन थालिसकेको बताउँदै उनले भने–‘हाम्रो औद्योगीक नीतिले स्वदेशी उद्योगहरुको संरक्षण गर्नुपर्छ । निश्चित समय सरक्षण गरौं, त्यसपछि प्रतिस्पर्धी क्षमताको विकास गरेर खुला छाडौं ।’ उनले अहिले नेपालमा उद्योग धन्दा चलाएरभन्दा पनि नेता र शक्तिकेन्द्रहरुको नजिक बसेर कमाउने होडबाजी चलिरहेको आरोप पनि लगाए ।

‘अहिले बजार कब्जा गर्ने होडबाजी छ । उत्पादन वृद्धि गर्ने होईन कि नेता, प्रधानमन्त्रीलाई रिजाएर बजार कब्जा गर्ने लहड नै छ । लाइसेन्स कब्जा गर्ने, हाकाहाकी भ्रष्टाचार गर्ने क्रम छ । यसलाई चिर्ने जिम्मेवारी हाम्रो सांसदको हो ’, डा. वाग्लेले भने । नेपालमा औद्योगीकरणका सवालमा पनि गलत अभ्यास भैरहेको निष्कर्ष पनि उनले सुनाए । ‘हामी औद्योगीकरणका नामम समान ल्याएर नेपालमा जोडजाड गर्ने, घोल्ने काम गरिरहेका छौं । अब त्यस्तो होइन, भ्यालु एडिसन हेर्नुपर्छ,’ उनले भने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्