Shikhar Insurance

सिमेन्टका सडक बनाएर उद्योग जोगाउनुपर्ने समय आयोः अर्थमन्त्री डा. महत

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३, बुधबार ०९:०३
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सिमेन्ट उद्योगहरुलाई बचाउन सिमेन्टका सडकहरु निर्माण गर्ने समय आएको बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल स्वदेशी समिटलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले नेपालमा सिमेन्टहरुमा अधिक लगानी केन्द्रित भएकाले विकृति आएको र अब त्यसलाई जोगाउन सिमेन्टका सडकहरु बनाउनेतर्फ लाग्नुपर्ने उद्घोष गरेका हुन् ।

‘सिमेन्टमा आत्मनिर्भर भएर निर्यात गर्ने अवस्थामा पुगेका र्छौ । धेरै लगानी केन्द्रित हुँदा विकृति आएको छ । अब सिमेन्टको सडक बनाएर उद्योग जोगाउन पर्छ ।’, डा. महतले भने । उनले सिमेन्टका ढलान सडकहरुको लागत सुरुमा केही महँगो भए पनि बलियो, ढिकाउ र वातावरणा मैत्री हुने दाबी पनि गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

डा. महतले सीमित स्रोत साधनका बाबजुद पनि सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने गरि बजेटको तयारी गरिरहेको बताए । ‘अर्थतन्त्रको आकार वृद्धि र नागरिक सम्म पुर्याउनु हाम्रो लक्ष्य हो । मेक इन नेपाल के के सम्भब छ हेरेर काम गर्ने हो, ’ डा. महतले भने ।

उनले अर्थतन्त्र बाहिरबाट हेर्दा र भित्रबाट हेर्दा फरक फरक देखिएको पनि उनले बताए । ‘अर्थतन्त्रमा बाहिरबाट हेर्दा र भित्रबाट हेर्दा फरक फरक देखिन्छ । हामी सही ढंगले मूल्यांकन गरेर काम गरिरहेका छौं ।’

मन्त्री डा. महतले निर्यातमा नगद अनुदानलाई थप व्यवस्थित बनाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे । उनले नेपालमा उर्जाको प्रचुर सम्भावना रहेको निर्यातको बजार खोज्न सरकार लागिपरेको पनि उनले बताएका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्