Shikhar Insurance

ह्युन्डाईको भेन्यु आईएमटी र भेन्यु १.२ एस+ नेपालमा

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २५, मंगलवार १३:४०
NIMB
Nabil Bank

काठमाडौं । ह्युन्डाईले नेपालमा भेन्यु आईएमटी र ह्युन्डाई भेन्यु १.२ एस + सार्वजनिक गरेको छ । ह्युन्डाईको नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दुई गाडी सार्वजनिक गरेको हो ।

ह्युन्डाई भेन्यु आईएमटी र ह्युन्डाई भेन्यु १.२ एस + भिन्न इन्जिन अप्सनमा उपलब्ध हुनेछन् । कम्पनीका अनुसार दुई इन्जिन अप्सल १.२ लिटर पेट्रोल इन्जिन (कप्पा डुअल भीटीभीटी टेक्नोलजी जसको ८३ पीएस प्रति ६ हजार आरपीएमको सर्वाधिक पावर) र १.० टर्बो पेट्रोल इन्जिन (कप्पा डुअल भीटीभीटी टेक्नोलोजि जसको सर्वाधिक पावर १ सय २० पीएस प्रति ६ हजार आरपीएम) हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बजारमा उपलब्ध अरु गाडीको तुलनामा अघिल्लो वर्ष सार्वजनिक गरिएको ह्युन्डाई भेन्युले बजारमा आफ्नो दह्रो उपस्थिति जनाएको कम्पनीको दाबी छ । हुन्डाइ भेन्यु स्मार्ट शार्क फिन एन्टिना, टर्न सिग्नल भएका विद्युतले मिलाउन सकिने रियर मिरर, इलेक्ट्रिक सन रुफ, क्रोमयुक्त फ्रन्ट ग्रिल तथा स्पोर्टी रुफ रेलले सु—सज्जित छ । यसको आर १५ डायमन्ड कट एलोइ पाङ्ग्रा तथा रिअर क्यामेराको साथ हिल एसिस्ट कन्ट्रोलले नौलौ र उत्साहजनक सवारी अनुभव दिनेछ ।

ह्युन्डाई भेन्यु १.२ एस + मा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ, जस अन्तर्गत कर्नरिङ लाइट, प्रोजेक्टर फग लाइट तथा व्रिmस्टल इफेक्ट सहितको एलईडी डीआरएल लाइट विशेष छन् ।

इन्टिलिजेज्ट म्यानुअल ट्रान्समिसनका साथ ह्युन्डाई भेन्यु आईएमटीले क्लचलेस ड्राइभिङ अनुभव दिन्छ । सो सेगमेन्टमा नयाँ, आईएमटीसँग क्लच प्याडल नभएकाले राम्रो इन्धन दक्षता र मजाको ड्राइभिङ अनुभव गर्न पाईन्छ । उत्कृष्ट यात्राको अनुभव गराउन, ह्युन्डाई भेन्यु आईएमटी र ह्युन्डाई भेन्यु १.२ एस+ मा नवीनतम विशेषता छन् । यी विशेषता रियोस्ट्याट सहितको एड्भान्स सुपरभिजन क्लस्टर, ड्राइभर रियर भ्यु मिरर, भेहिकल स्टाबिलिटीे म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल छन् जस्ले ह्युन्डाई भेन्यु आईएमटी र ह्युन्डाई भेन्यु १.२ एस+ लाई सुरक्षितयात्राको सहयात्री बनाएको छ । ह्युन्डाई भेन्यु आईएमटी र ह्युन्डाई भेन्यु १.२ एस+ का थप विशेषतामा वाइरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एचडी डिस्प्ले, एयर प्युरिफायर तथा रिएर एसी भेन्ट छन् ।

ह्युन्डाई भेन्यु १.२ एस+ को शुरुवाती मूल्य ४४ लाख ५६ हजार र ह्युन्डाई भेन्युको ४४ लाख ९६ हजार रुपैयाँ कायम गरिएकोे छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १३ शोेरुम तथा १७ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा दिइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्