Shikhar Insurance

नेपाल बैंकको नयाँ शाखा सुर्खेतको वीरेन्द्रनगरमा

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३, बुधबार १०:५९
NIMB
Nabil Bank

काठमाडौं। सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार नेपाल बैंकले नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा तथा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले संयुक्त रूपमा शाखा उद्घाटन गरे ।

सो समारोह बैंकका सुर्खेत शाखाका शाखा प्रबन्धक बालराज बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेलसहितका अधिकारीहरूको समेत सहभागिता थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रमका मुख्यमन्त्री शर्माले सहरमा मात्र केन्द्रित नभई स्थानीय तहमा समेत गएर शाखा खोल्न सुझाव दिए । यस शाखाले नाफा मुखी मात्र नभएर सहज, सुलभ, विश्वसनीय र गुणस्तरीय सेवा प्रवाह गर्न तथा आगामी दिनमा सुर्खेत शाखालाई देशकै उत्कृष्ट शाखाको रूपमा देख्न चाहेको उनको भनाइ थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्