Shikhar Insurance

एकै दिनमा एक हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३, बुधबार ११:१७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल सुन तथा चाँदी बजारमा एकै दिनमा सुनको मूल्य एक हजार १०० रुपैयाँले घटेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन तेजावी सुनको मुल्य प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । आज प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ३ सय ७५ रुपैयाँ कायम रहेको थियो ।

महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको मूल्य निर्धारण गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्