Shikhar Insurance

सनराइज बैंकद्वारा धनगढीका विभिन्न संस्थालाई सहयोग

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३, बुधबार १२:४१
NIMB
Nabil Bank

काठमाडौं। सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढी ५, हसनपुरको ऐश्र्वय विद्या निकेतनमा प्रभावकारी शिक्षा सञ्चालनका लागि ३ थान प्रोजक्टर हस्तान्तरण गरेको छ। जेठ २ गते मंगलबार आयोजित एक कार्यक्रमकाबीच बैंकका नायव महाप्रबन्धक रबिनकुमार नेपालले सो शैक्षिक संस्थाका प्रधानाध्यापक प्रेम निधि ओझालाई साे सामग्रीहरू हस्तान्तरण गरेका हुन्।

प्रधानाध्यापक प्रेम निधि ओझाले कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्नका लागि सो सामग्रीले मद्दत पुर्‍याउने बताउँदै बैंकको सहयोगका लागि धन्यवाद ज्ञापन गरे। सोही दिन आयोजित अर्को एक कार्यक्रमकाबीच बैंकका नायव महाप्रबन्धक रबिनकुमार नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ३० थान डस्टबिन हस्तान्तरण गरे।

Citizen Life
Kumar Bank
Nepal Life

सर्वसाधारणलाई फोहोर व्यवस्थित ठाउँमा फाल्न प्रोत्साहन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाका चोक र सडकपेटीमा उक्त डस्टबिन राखी सहयोग गरिएको बैंकका नायव महाप्रबन्धक नेपालले बताए।

साथै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सनराइज बैंकको यस सहयागले स्माट धनगढी बनाउने परियोजनामा टेवा पुर्‍याएकोमा बैंकलाई धन्बावाद ज्ञापन गरे। यसका साथै बैंकले धनगढी त्रिनगर विद्यालयमा विद्यार्थीहरूलाई आफ्ना साइकल सुरक्षित रुपमा राख्न सहज होस् भनी एक सय वटा क्षमताको साइकल स्टायान्डसमेत बनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्