Shikhar Insurance

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ–संस्थामा विशेष छुट

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३, बुधबार १७:४७
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले विभिन्न संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन ।

बैंकका ग्राहकहरुले नक्साल, काठमाडौंमा अवस्थित आबुरी रेस्टुरेन्टका सेवाहरुमा अधिकतम १० प्रतिशत छुट पाउने छन् । यसैगरी भगवती मार्ग, नक्साल, काठमाडौंमा अवस्थित वी कयेर हेल्थ सेन्टरका सेवाहरुमा अधिकतम १५ प्रतिशतसम्म छुट पाउने छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैगरी भद्रकालीमा अवस्थित फन ल्यान्ड इन्टरटेनमेन्ट प्रालिको प्रवेश शुल्कमा ४० प्रतिशत छुट पाउने भएका छन भने धरान उपमहानगरपालिका–१० मा अवस्थित टस्क माउन्टेन बाइक स्टोरबाट बाइ–साइकल खरिद गर्दा खरिद मुल्यमा अधिकतम ८ प्रतिशतसम्म छुट पाउने छन् ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १ सय ८२ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १ सय ३९ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्