Shikhar Insurance

८ करोड ३३ लाखमा दुई परियोजना निर्माण हुने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ४, बिहीबार १३:४६
NIMB
Nabil Bank

काठमाडाैं। भारत सरकारको अनुदान सहयोगमा दुई परियोजना निर्माण हुने भएको छ ।

स्वास्थ्य र शैक्षिक क्षेत्रका दुइटा सामुदायिक विकास परियोजनाको निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौंस्थित भारतीय राजदूतावासबीच हिजो सम्झौता भएको हो।

Citizen Life
Kumar Bank
Nepal Life

रामेछापको मालागिरी शान्ति योगाश्रम र डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस निर्माणका लागि सम्झौता भएको हो । दुवै परियोजनामा कुल ८ करोड ३३ लाख रूपैयाँ लगानी हुने अनुमान गरिएको छ । परियोजना रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ। परियोजना निर्माणले स्थानीयलाई गुणस्तरीय स्वास्थ्य तथा शैक्षिक सुविधा पुग्ने विश्वास लिइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्