Shikhar Insurance

नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम १ अर्ब ४७ करोडमाथि

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ४, बिहीबार १५:३६
NIMB
Nabil Bank

काठममाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेको छ । नेप्से परिसूचक पछिल्लो तीन कारोबार दिनदेखि निरन्तर बढेर बन्द भइरहेको छ।

आज नेप्से परिसूचक ३२.३० अंक बढेर १८७७.३२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.२३ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८१ अंक बढेको छ।

Citizen Life
Kumar Bank
Nepal Life

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। वि.सं. २०८० मा पहिलो पटक १ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ। यस दिन बजारमा २६४ कम्पनीको ३२ हजार ५७९ पटकको कारोबारमा १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको ४४ लाख २२ हजार कित्ता सेयर खरिदबिक्री भए। यस अघि वि.सं. २०७९ को अन्तिम कारोबार दिन १ अर्बभन्दा बढीको कारोबार भएको थियो।

कारोबारमा आएको २०४ कम्पनीको सेयर मूल्य बढेको छ । ११ कम्पनीको सेयर मूल्य घटेको छ । भने ४ कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबारमा आएको एनआईबीएन ग्रोथ फण्डको मूल्य सबैभन्दा बढी ३.१४ प्रतिशतले घटेको छ ।

बिहीबार दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हिमालयन उर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन शिवश्री हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यसैगरी, शिवम् सिमेन्टको ७ करोड ११ लाख, एनआसी एसिया बैंकको ६ करोड ७६ लाख र एभरेष्ट बैंकको ३ करोड ५९ लाखभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.७५ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ३.७१ प्रतिशत बढेको छ भने विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्