Shikhar Insurance

वीरगञ्ज पालिकाद्वारा ३६ करोड राजस्व संकलन, सम्पत्ति करबाट मात्रै १४ करोड

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार ११:१४
NIMB
Nabil Bank

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा ३६ करोड ६१ राजस्व संकलन गरेको छ । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जले सो अवधिमा विभिन्न २६ शीर्षकमा राजस्व संकलन गरेको हो ।

महानगरपालिकाको राजस्व शाखा प्रमुख मनोजकुमार कर्णका अनुसार चालु आवमा सम्पत्ति करबाट १४ करोड एक लाख, घरबहाल करबाट ५ करोड ५७ लाख, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट २ करोड २१ लाख, सरकारी सम्पत्ति बहालबाट २ करोड ७१ लाख, अन्य सेवा शुल्कबाट २ करोड दुई लाख तथा अखेटोपहारमा लाग्ने करबाट २ करोड ३६ लाख संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै नक्सा पास दस्तुरबाट २ करोड ९० लाख, सिफारिस दस्तुरबाट १ करोड ४३ लाख, भूमिकरबाट ७७ लाख, साना सवारी साधनको करबाट २४ लाख, बाँडफाँटबाट प्राप्त विज्ञापन करबाट ५३ लाख, अन्य स्रोतबाट प्राप्त बाँडफाँट नहुने रोयल्टीबाट ६६ लाख, परीक्षा शुल्कबाट ११ लाख, बहाल बिटौरी करबाट ७ लाख तथा अन्य प्रशासनिक सेवा शुल्कबाट १२ लाख राजस्व संकलन भएको कर्णले बताए।

त्यस्तै प्रशासनिक दण्ड जरिवाना र जफतबाट ३१ लाख, व्यक्तिगत घटना दत्र्ताबाट  २६ लाख, नाता प्रमाणित दस्तुरबाट १२ लाख, र पार्किङ शुल्कबाट २ लाख राजस्व संकलन भएको छ । आव २०७८/७९ को १० महिनाको अवधिमा महानगरपालिकाले विभिन्न शीर्षकमा ५२ करोड ४० लाख राजस्व संकलन गरेको थियो । आव २०७८/७९ सम्म घरजग्गा रजिष्ट्रेशन शुल्क महानगरपालिकाले उठाउँदै आएकामा चालु आव २०७९/८० देखि राजस्व बाँडफाँट शीर्षकमा तीनै तहको सरकारमा राजस्व संकलन हुन थालेको छ ।

घरजग्गा रजिष्ट्रेशन शीर्षकमा अघिल्लो आवमा महानगरपालिकाले  ४७ करोड राजस्व संकलन गरेकामा चालु आवमा २० करोडसम्म पनि संकलन हुन नसक्ने अवस्था रहेको कर्ण बताउँछन् । चालु आवमा महानगरपालिकाले सम्पत्ति करको दर घटाएको, सवारी कर व्यवस्थापन सेवा शुल्क हटाएको र लामो समयसम्म जग्गाको कित्ताकाट रोकिएर नक्सापास र जग्गा कारोबार हुन नसकेकालगायत कारणले अघिल्लो आवको तुलनामा चालु आवमा राजस्व संकलन घटेको उनले बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्