नेपालको व्यापार वृद्धिका लागि एडीबीले ३० करोड डलर ऋण दिने

मनिला। एसियाली विकास बैंक (एडीबी)ले नेपालको अन्तर्राष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न ३० करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । भारत र बंगलादेशसँगको व्यापारिक मार्ग सुधारका निम्ति उक्त रकम ऋण उपलव्ध गराउने निर्णय भएको हो ।
दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग करिडोरको हिस्साक रूपमा पूर्व-पश्चिम राजमार्गनजिक सडक परियोजना सञ्चालन हुने एडीबीका यातायात विशेषज्ञ सिन वाइ चोङले बताएका छन् ।
मनिलास्थित बैंकको प्रधानकार्यालयले बुधबार उक्त ऋण स्वीकृत गरेको हो । अब बन्ने अन्तरराष्ट्रियस्तरको उक्त सडकमा ट्राफिक संकेत, सडकबत्ती, पैदलमार्ग, प्रकाश प्रणाली, बस बिसौनी, पैदलयात्री क्रसिङलगायत सबै पूर्वाधार हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्