Shikhar Insurance

आइएमई पेको नयाँ अफर ‘ह्यप्पी सपिङ याट् बिगमार्ट’, बिगमार्टमा सामान किन्दा १० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १४:३७
NIMB
Nabil Bank

काठमाडौं। आइएमई पेले बिगमार्ट, चितवनसँग सम्झौता गरी एउटा अफर सार्वजनिक गरेको छ ।

‘ह्यप्पी सपिङ याट् बिगमार्ट’ नामक सो अफरको पहिलो चरणअन्तर्गत ग्राहकवर्गलाई जेठ महिनाभरि बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा आइएमई पेको स्मार्ट क्युआर स्क्यानमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सो छुटअन्तर्गत ग्राहकवर्गले प्रत्येक कारोबारमा १ सय रूपैयाँसम्म छुट पाउन सक्ने छन् । सो छुट प्रत्येक ग्राहकले अफर अवधीभरि ५ पटकसम्म पाउने कम्पनीले जनाएको छ ।

अफरको दोस्राेचरण असार १ देखि साउन ३२ सम्म रहने छ। सो अवधीमा आइएमई पेले चितवन बिगमार्टमा राखिने एक्टिभेसन बुथमा आइएमई पेको खाता सुचारु गर्नका साथै ग्राहक वर्गलाई विभिन्न किसिमका गेमहरु खेलाइने छ र आकर्षक उपहारहरु पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्