Shikhar Insurance

करिब ३३ करोडको आईपीओ आउँदै, निष्काशनको अनुमति माग्दै ३ कम्पनी धितोपत्र बोर्डमा

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २६, बुधबार ०८:५५
NIMB
Nabil Bank

काठमाडौं । ३३ करोडको आपीओ जारी गर्ने अनुमति माग्दै थप ३ कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेका छन् । तीनमध्ये २ वटा लघुवित्त हुन् भने एउटा जलविद्युत् कम्पनी हो ।

फागुन २५ को अद्यावधिक विवरणअनुसार मनकामना स्मार्ट लघुवित्त, जीवन विकास लघुवित्त र सयपत्री हाइड्रोपावरले कुल ३२ लाख ६६ हजार कित्ता आईपीओ निष्काशनको माग गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

लगानीकर्ताले सर्वाधीक रूचाउने गरेको लघुवित्त कम्पनीमध्ये मनकामना स्मार्टले ३ करोड ८९ लाख रूपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता र जीवन साथीले १९ करोड ७७ लाख ३० हजार रूपैयाँको १९ लाख ७७ हजार कित्ता आपीओ जारीको अनुमति मागेका हुन् । यस्तै सयपत्री जलविद्युतले स्थानीय र सर्वसाधारको लागि कुल ९ लाख कित्ता आईफीओ निष्काशनको अनुमति मागेको छ ।

दुवै लघुवित्तका आईपीओको विक्री प्रबन्धक एनएमबी क्यापिटल हो भने सयपत्रीको विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल हो । आवश्यक प्रक्रिया पुरा गरेमा यी कम्पनीले आईपीओ निष्काशनको अनुमति पाउनेछन् ।

यसअघि प्रारम्भिक समीक्षाका क्रममा साहस ऊर्जा, सामलिङ र बुद्ध भुमी नेपाल जलविद्युत कम्पनी थिए । बोर्डका अनुसार हिमालयन हाइड्रोपावर, विन्ध्यवासिनी हाइड्रोपावर र डिस मिडिया नेटवर्ककत्त समीक्षा गरी प्रतिक्रिया पठाइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्